वीरगन्ज, १४ बैशाख । ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रवारदेखि पठनपाठन सुचारु हुने भएको छ । विभिन्न विद्यार्थी संगठनदेखि त्रि।वि। कर्मचारी संघ क्याम्पस एकाई समितिले क्याम्पसका विभिन्न शाखामा गरेको तालाबन्दी खोल्ने सहमती भएसँगै शुक्रवारदेखि पठनपाठन सुचारु हुने भएको हो ।
निमित्त क्याम्पस प्रमुख अनिल कुमार रमणले बिहिवार एक सूचना जारी गर्दै तालाबन्दी खोल्ने र पठनपाठन सुचारी गर्ने सहमती भएको जानकारी दिएका छन् ।
क्याम्पस प्रमुख डा। उमेश प्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्न र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले बैशाख ४ गते तालाबन्दी गरेका थिए ।
विद्यार्थी संगठनको मागका सम्बन्धमा त्रिविमा पत्र पठाएर सम्बोधन गर्न पहल गरिएको निमित्त क्याम्पस प्रमुख रमणद्वारा जारी सूचनामा उल्लेख छ । उक्त सूचनाअनुसार त्रिवि कर्मचारी संघ क्याम्पस एकाई समितिसँग पनि वार्ता भएर तालाबन्दी खोल्ने सहमती भएको हो ।
प्रतिक्रिया