स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सडक बिगारेको भन्दै वीरगञ्ज महानगरले टेलिकम परिसरमै थुपार्‍यो फोहोर

SHARE: 520

२१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा फोहोर थुपारिदिएको छ ।

फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको भन्दै महानगरले सहरबाट संकलित फोहोर टेलिकम परिसरमा लगेर थुपारिदिएको हो ।

महानगरगरका कर्मचारी र नगरप्रहरीको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर फालिदिएका थिए ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेको र सडक बनाइदिन पटक पटक आग्रह गर्दासमेत अटेर गरेपछि श्रीपुरस्थित क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सरसफाई तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको महानगरको आरोप छ । टेलिकमले अप्टिकल फाइबार बिछ्याउने क्रममा बाइपास सडकखण्डमा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको मेयर राजेशमान सिंहले जानकारी दिए ।

रजतजन्ती चोकदेखि तेजबहादुर अमात्यको शालिक गण्डकसम्म सडक फुटपाथ टेलिकमले खनेर नबनाएको, बारम्बर आग्रह गर्दा अटेर गरेको, जिल्ला प्रशासनले पत्र काट्दा पनि सुनुवाई नभएकोले टेलिकमलाई डम्पिङ साइट बनाएको उनले बताए ।

फागुन ३ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितीमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएको सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो ।

सहमति पालना गराउन आग्रह गर्दै महानगरले जिल्ला प्रशासन कार्यालय पर्सालाई समेत पत्र लेखेको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। ‘धेरैपटक अनुरोध गरेका हौ, अटेर गरेपछि हामीले कति चोटी अनुरोध मात्रै गर्ने ? नगरबासीलाई त महानगरले नै काम गरेन भन्ने सन्देश गइरहेको छ ।

उनले भने, ‘टुलुटुलु हेरेर बसिरहन सकिएन, अरु कुनै विकल्प नै भएन, फोहोर लगेर फालिदिएका छौं।’

वाइपास सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन आयोजनाले समेत योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए ।

 

तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाले वीरगञ्जको श्रीपुरस्थित कृषि सामाग्री कम्पनीको कार्यालयमा कर बक्यौता राखेको भन्दै ०७३ वैशाख ९ गते मुख्य गेटमा एक ट्याक्टर फोहोर थुपारिदिएको थियो।


प्रतिक्रिया





 















तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,106,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सडक बिगारेको भन्दै वीरगञ्ज महानगरले टेलिकम परिसरमै थुपार्‍यो फोहोर
सडक बिगारेको भन्दै वीरगञ्ज महानगरले टेलिकम परिसरमै थुपार्‍यो फोहोर
https://www.onlinekhabar.com/wp-content/uploads/2023/04/Nepal-telecome-Birgunj.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_84.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_84.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content