
वीरगन्ज ,१८चैत: सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक निजी विद्यालयका एक शिक्षक लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१५ स्थित राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन रहेका छन् ।हुसेनलाई लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाटै प्रहरीले पक्राउ गरेकाे हाे।
विद्यालयमा कार्यरत अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले हुसेनको साथबाट लागूऔषध नाइट्राभेट ट्याब्लेट १२ थान , पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थान बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
लागूऔषध सहित पक्राउ परेका शिक्षक हुसेनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको उनले बताए ।
The post सर्लाहीमा विद्यालयबाटै लागूऔषधसहित शिक्षक पक्राउ appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया