स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने

SHARE: 520

 फाइल फोटो वीरगन्ज,१६ बैशाख : वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले सन्चालन गरिरहेको नियमित सरसफाई अभियानसँगै जथाभावी फोहोरफाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा पनि चलाउने भएको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फाल्नेलाई आर्थिक जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहोर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए । “जथाभावी फोहोर फाल्नेलाई हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहोर फाल्ने क्रम रोकिएको छैन”, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भने, “जरिवाना गर्दा फोहोर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृतरुपमा घटेको छैन ।” त्यसैले अब फोहोर फाल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उनले बताए । गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहोर फ्याँक्ने व्यक्ति र संस्था गरी ३ सय ६२ जनाबाट महानगरले ८ लाख ७१ हजार रुपैया जरिवानाबापत राजस्व संकलन गरेको छ । “घर, पसल र कार्यालयबाट निष्किने फोहोर जताततै फ्याँक्ने प्रवृत्ति छ”, मियाँले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगन्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङसाइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङसाइड बनाएपछि फोहोरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उनले बताए । विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगन्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । केही वर्षअघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता, माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् । आर्थिक राजधानीको रुपमा चिनिएको वीरगन्ज महानगरको पर्यटन प्रवद्र्धनका लागि नगरक्षेत्रको सरसफाइलाइ उच्च प्राथमिकतामा राखेर काम थालेको मेयर राजेशमान सिंहले बताए । “बढ्दो जनघन्त्व र सडकमै फोहोर फ्याल्ने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो”, नगरप्रमुख सिंहले भने, “फोहर व्यवस्थापन गरी वीरगन्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु ।” रासस The post जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने appeared first on Madhes Khabar. साभारः मधेसखबर
http://dlvr.it/SnGKR1

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,112,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने
जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDTi9xWEBQ_8aucZC0tcKTLO43biYBAWWlalKLiDVDP8de7EZQ1_phWC2s2Dl-KhS_M7ccgFYDcUQVz2nacHEs0yOeO07fbtVf-X-IRACKV_gVUOocIacBNLVsgxdWzYHlX1wlLEbqI5Q6h9uUO5M14CVk6A1XPpS9_KtmcY0P00TgaDKh13Fin3R4GB-6YoK9eD5JI=w1200-h630-p-k-no-nu
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDTi9xWEBQ_8aucZC0tcKTLO43biYBAWWlalKLiDVDP8de7EZQ1_phWC2s2Dl-KhS_M7ccgFYDcUQVz2nacHEs0yOeO07fbtVf-X-IRACKV_gVUOocIacBNLVsgxdWzYHlX1wlLEbqI5Q6h9uUO5M14CVk6A1XPpS9_KtmcY0P00TgaDKh13Fin3R4GB-6YoK9eD5JI=s72-w1200-c-h630-p-k-no-nu
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_818.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_818.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content