स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जनशक्ति अभावले नारायणी अस्पताल समस्यामा

SHARE: 520

वीरगन्ज ,२२चैत:वीरगन्जस्थित नारायणी अस्पताल जनशक्तिको अभाव झेल्दै छ । कुनै समय पर्सादेखि महोत्तरी तथा चितवन र भारतको बिहारको सीमावर्ती गाउसमेतका बिरामीको उपचार गन्तव्य रहेको यो अस्पताल अहिले आफैं जनशक्ति अभावले रुग्ण बनेको छ ।

नारायणी अस्पतालमा १ सय ९१ दरबन्दी छ ।तर हाल १ सय ६३ जनशक्ति मात्र पदपूर्ति भएको छ । बाँकी पद लामो समयदेखि रिक्त छ । विकास समितितर्फ दरबन्दीभन्दा कम जनशक्ति छन् । समितितर्फ १ सय ३० दरबन्दीमा ८४ स्थायी, ७ करार र ३३ ज्यालादारीमा कार्यरत छन् । आधा दर्जन दरबन्दी खाली छन् ।

अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । दसौं तहका चिकित्सक डा. चित्तरन्जन साह मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेका छन् । प्रमुख कन्सल्टेन्ट अर्थो सर्जन, प्रमुख ईएनटी सर्जन, प्रमुख कन्सल्टेन्ट जनरल सर्जन, प्रमुख कन्सल्टेन्ट अप्थाल्मोजिस्ट, प्रमुख कन्सल्टेन्ट प्रमुख कन्सल्टेन्ट सर्जर ग्यास्टो इन्टोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट सर्जरी ग्यास्टोइन्टेरो फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसिसियोलोजिस्ट १/१ दरबन्दी छ । तर पदपूर्ति हुन सकेको छैन । वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्टको २ दरबन्दीमध्ये १ खाली छ ।

त्यसैगरी, वरिष्ठ कन्सल्टेन्ट टपिकल फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट युरो सर्जरी, न्युरो सर्जरी, नेफ्रोलोजिस्ट, न्युरोलोजिस्ट चिकित्सकको १/१ दरबन्दी रिक्त छ । सह प्रमुख मेडिकल ल्याब टेक्निसियन, वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट साइक्याटिस्ट, वरिष्ठ कन्सल्टेन्ट इन्डो डेन्टिग, वरिष्ठ कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिस्टको १/१ दरबन्दी सबै खाली छ । डेन्टल सर्जन, फार्मेसी अधिकृत र पुस्तकालय अधिकृतको १/१ दरबन्दी खाली छ । नर्सिङ अधिकृतको ३ मध्ये २, लेखा अधिकृतको १, नायब सुब्बाको २ जनामा एउटा, खरिदार १, डाइटिसियन सुपरभाइजरको १ दरबन्दी खाली रहेको छ ।

दुई जना ल्याब टेक्निसियनको दरबन्दी खाली छ । अनमीको ८ मध्ये २ दरबन्दी खाली छ । कार्यालय सहयोगीको ४९ मध्ये ९ दबरन्दी खाली छ । अस्पताल विकास समितितर्फ कन्सल्टेन्ट फिजिसियन, गेस्ट्रोइन्टेरोलोजिस्ट, हेल्थ असिस्टेन्टको १/१ दरबन्दी रहेकोमा सबै खाली छ । अनमीको आठमध्ये ६ दरबन्दी खाली छ । प्लम्बरको एउटै दरबन्दी खाली छ । एनआईसीयूतर्फ करार सेवामा कार्यरत कर्मचारीमध्ये स्टाफ नर्सको ८ दरबन्दी रहेकोमा २ रिक्त छ ।

सामाजिक अभियन्ता प्रकाश थारू जनशक्ति अभावकै कारण नारायणी अस्पताल रुग्ण हुनु दुःखद भएको बताउँछन् । ‘यो अस्पताल मोफसलकै जेठो र बिरामीको अत्यधिक चाप रहने अस्पताल हो,’ उनले भने, ‘यसलाई चुस्तदुरुस्त राख्नुपर्नेमा स्वास्थ्यकर्मी र चिकित्सककै अभाव भएपछि कसरी बिरामीले राम्रो उपचार पाउँछन् ।’

संघिय सरकारले यो अस्पताललाई २०७४ सालमा केन्द्रीय अस्पताल घोषणा गरेको थियो । तर अस्पतालमा जनशक्ति आपूर्ति भएको छैन । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंह अस्पतालले जनशक्ति अभाव खेप्नुपरेको बताए । ‘हाम्रो सबैभन्दा ठूलो समस्या जनशक्ति र भवन अभाव नै हो,’ उनले भने, ‘अस्पतालको स्वीकृत शय्या सरकारी १ सय ५० र विकास समितिको १ सय गरी २ सय ५० जनाको छ । तर हामी ४ सय ३० शय्या सञ्चालन गरिरहेका छौं ।’ सीमित जनशक्तिले स्वीकृतभन्दा झन्डै दोब्बर शय्या सञ्चालन गर्न हम्मे भइरहेको डा. सिंहले बताए ।

अस्पतालमा २०५३/५४ सालकै जनशक्तिको दरबन्दी रहेको त्यसमध्ये पनि धेरै वरिष्ठ र कन्सल्टेन्ट चिकित्सककै दरबन्दी खाली हुनु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् ।

यस्तो अवस्थामा बिरामीलाई आवश्यक उपचार सेवा पाउन सकेका छैनन् । अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालय र विभागसँग पटकपटक रिक्त दरबन्दी पूर्ति गर्न पत्राचार गर्दै आएको जनाएको छ ।शंकर आचार्य /कान्तिपुर

The post जनशक्ति अभावले नारायणी अस्पताल समस्यामा appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,115,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: जनशक्ति अभावले नारायणी अस्पताल समस्यामा
जनशक्ति अभावले नारायणी अस्पताल समस्यामा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/3.Narayani-Hospital-2076-04-27.jpg?resize=1024%2C683&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_76.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_76.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content