बारा,७ बैशाख : जसपाका राष्ट्रिय अध्यक्ष एंव बारा २ मा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले बारा २ का जनताको सेवा र क्षेत्रको विकास र समृद्धिका लागि आफुले चुनाव लडेको बताएका छन् ।
बाराको बरियापुरमा बिहीबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै यादवले भने,‘ गठबन्धनका शीर्ष नेताहरुकै आग्रहमा म बारा २ मा चुनाव लडेको हु , त्यसका कारण बारा २ का जनता र यस क्षेत्रका समस्या समाधानमा गठबन्धनले ध्यान दिन्छ , गठबन्धनकै सरकार भएकाले ती सबै समस्या समाधान गराउन म सरकारलाई पनि दबाब दिइरहन्छु ।
यादवले निजगढ अन्र्तराष्ट्रि विमानस्थल निर्माणको काम यथाशीघ्र सुरु गराउन सरकारलाई दबाब दिने बताए । यस्तै नागरिकताको समस्या समाधान छिट्टै हुने , गढीमाई मन्दिरलाई अन्र्तराष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गरिने , घरबार विहिन विपन्न र दलितहरुलाई जनता आवास कार्यक्रम मार्फत घर उपलब्ध गराउने पनि यादवले बताए ।यादवले भने,‘ गठबन्धनको उम्मेदवार मलाई जिताएर संसदमा पठाउनुस् , बाराका सारा समस्याहरु समाधान गर्छु र सरकारबाट गराउछु पनि ।
बिहीबारको आमसभामा सहभागी जनताको सहभागीताले आफनो जित सुनिश्चित भएको प्रमाणीत गरेको दाबी पनि यादवले गरे । त्यसकारण हार्नेलाई मत दिएर खेर नफाल्नु होला , बारा र मधेसका लागि कसले काम गर्छ त्यसको मुल्यांकन गरेरै मत हाल्नु होला , यादवले भने ।
The post जनताको सेवा र क्षेत्रको विकासका लागि म चुनाव लडेको हुँ : उपेन्द्र यादव appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया