स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सञ्चारगृहमा उच्छृङ्खल हर्कत गर्ने अभिभावक संघका अध्यक्षमाथि कारवाही गर्न पत्रकार महासंघको माग

SHARE: 520

वीरगन्ज,९ वैशाख:वीरगन्जबाट प्रकाशित हुँदै आएको अनलाइन न्यूज पोर्टल यात्राडेली डटकमको कार्यालयमा पुगेर उच्छृङ्खल गतिविधि गर्नेमाथी कडा कारवाही गर्न नेपाल पत्रकार महासंघ पर्साले माग गरेको छ ।

“अभिभावक संघको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार” शिर्षकमा प्रकाशित गरेको समाचारलाई आफू अनुकूल पुर्नलेखन गरिदिन दवाव दिँदै अभिभावक संघ पर्साका अध्यक्ष सन्दीपकुमार साह एकदर्जनभन्दा पनि अपरिचित व्यक्तिसँग समूह बनाएर यात्राडेलीको कार्यालय पुगेर उच्छृङ्खल गतिविधि गर्दै हुलहुज्जत गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले शनिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

“वीरगन्जबाट प्रकाशित हुँदै आएको यात्राडेली डटकमले मिति २०८० वैशाख ८ गतेका दिन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले जारी गरेको आदेशको आधारमा “अभिभावक संघको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार” शिर्षकमा प्रकाशित समाचारलाई लीएर अभिभावक संघ पर्साका अध्यक्ष सन्दीपकुमार साहसहितका एक दर्जनभन्दा बढी अपरिचित व्यक्तिहरु यात्राडेली डटकमको कार्यालयमा पुगी उच्छृङ्खल गतिविधि गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अदालातबाट जारी भएको आदेशको आधारमा लेखिएको सामाचारलाई समेत आफ्नो अनुकूल नभएको भनि सञ्चारगृह मै पुगेर हुलहुज्जत गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको ठहर गर्दै छ स्वतन्त्र रुपमा पत्रकारिता गर्न नदिने यस्ता उच्छृङ्खल समूहलाई कानूनसमतको कारवाही गर्न समेत विज्ञप्ति मार्फत माग गरिएको छ ।

शनिबार बिहान करिब पौने ११ बजेको समयमा अभिभावक संघ पर्साका अध्यक्ष सन्दीपकुमार साहसहित एक दर्जन भन्दा बढी अपरिचित व्यक्ति यात्राडेलीको कार्यालयमा पुगेर हुलहुज्जत गर्दै उच्छृङ्खल गतिविधि गरेका थिए । यात्राडेली डटकममा शुक्रबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले जारी गरेको आदेशको आधारमा “अभिभावक संघको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार” शिर्षकमा प्रकाशित गरेको समाचारलाई आफू अनुकूल बनाइदिन दवाव दिन उनीहरु कार्यालय आएको यात्राडेलीका प्रवन्ध निर्देशक एवम् सञ्चालक रामकुमार सर्राफले बताए ।

सर्राफकाअनुसार शनिबारका दिन कार्यालयमा कोही नभएको समयमा एक दर्जनभन्दा बढीको समूह बनाएर पुगेका उनीहरुबाट कार्यालय छेउछाउमका मान्छेसमेत तर्सिएका थिए । ‘शनिबार हुँदा कार्यालयमा कोहि थिएन । उनीहरुले अचानक भिड लगाएर होहल्ला गर्न थालेपछि स्थानीयहरुले हामीलाई फोन गरेर जानकारी गराए,’ सार्रफले भने, ‘भिडभाड भएको जानकारी पाएपछि हामीले प्रहरीलाई खबर गरेका थियौं । प्रहरी पुगेको देखेर उनीहरु फरार भएका थिए ।’

सञ्चारगृहले अदालतले जारी गरेको आदेशको आधारमा समेत समाचार बनाउँदा अभिभावकहरुको सङ्गठन जस्तो जिम्मेवार संस्थाबाट यस्तो गतिविधि हुन् दु:खद् भएको सर्राफले बताए । उनले अभिभावक संघ र त्यसका अध्यक्ष साहविरुद्ध आफूहरुले कानूनी प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिए ।

The post सञ्चारगृहमा उच्छृङ्खल हर्कत गर्ने अभिभावक संघका अध्यक्षमाथि कारवाही गर्न पत्रकार महासंघको माग appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सञ्चारगृहमा उच्छृङ्खल हर्कत गर्ने अभिभावक संघका अध्यक्षमाथि कारवाही गर्न पत्रकार महासंघको माग
सञ्चारगृहमा उच्छृङ्खल हर्कत गर्ने अभिभावक संघका अध्यक्षमाथि कारवाही गर्न पत्रकार महासंघको माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/IMG-20230422-WA0006.jpg?resize=1400%2C735&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_684.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_684.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content