स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बारामा गहुँ उत्पादन बढ्यो भने पर्सामा घट्यो

SHARE: 520

 वीरगंज, १४ वैशाख । 

यस वर्ष बारामा गहुँ उत्पादन बढ्यो भने पर्सामा घटेको छ । बारामा २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरि प्रति हेक्टर ३ मेट्रिक टनको दरले ८९ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन गरेको कृषि ज्ञान केन्द्र, बाराले जनाएको छ ।

गहुँको बजार मूल्य १५ सयले प्रति क्विन्टलले वृद्धि भएको भएपनि क्षेत्रफल र उत्पादकत्वमा कुनै वृद्धि नभएको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसाद साहले बताए । कलैयासहित जिल्लाको विभिन्न ठाउँमा गहुँ प्रति क्विन्टल ४ हजार ५ सयको दरले बिक्री भइरहेको छ । यस वर्ष बारामा ४ अर्ब ९५ लाख बराबरको ८९ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष कृषकहरूले २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरि प्रति हेक्टर ३ मेट्रिक टनको दरले रू २ अर्ब ६७ करोड, ३० लाख बराबरको ८९ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए ।

यसैगरी गहुँ उत्पादनको लागि खेतीयोग्य जमिन भएको पर्सा जिल्लामा यस वर्ष गहुँ उत्पादन घटेको छ। गत वर्षको तुलनामा पर्सामा यस वर्ष गहुँको उत्पादनमा कमी आएको हो।

जिल्ला कृषि ज्ञान केन्द्रले उपल्बध गराएको तथ्यांकअनुसार यस वर्ष जिल्लाभरिमा गत वर्षको तुलनामा गहुँको उत्पादनमा कमि आएको हो।समयमा नै पानी नपर्नु, किसानलाई सिंचाइ मलखादको समस्यालगायतका कारणले गहुँ उत्पादनमा कमी आएको हो। कृषि ज्ञान केन्द्र पर्साको तथ्यांकअनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा झण्डै १५ हजार टन गहुँ उत्पादन घटेको छ। यस वर्ष २६ हजार ६५ हेक्टरमा गहुँ खेती गरिएको थियो। जसमा प्रतिहेक्टर २ दशमलव ७ टनको दरले ७० हजार ३ सय ७५ दशमलव ५ टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जानकारी दिएको छ।

गत वर्ष २६ हजार ५० हेक्टरमा प्रतिहेक्टर ३ दशमलव ०३ टनको दरले ८५ हजार ९ सय ६५ टन गहुँ उत्पादन भएको थियो। उत्पादन घट्नुमा समयमा मलखाद बिउबिजनको व्यवस्था नहुनु तथा सरकारले पनि किसानको समस्या नसुन्नु मुख्य कारण भएको पर्साको जगरनाथपुर गाउँँपालिका–३ का किसान राज महम्द गदीले बताए।

उनले स्थानीय सरकारदेखि केन्द्र सरकार कसैले पनि किसानको समस्या नबुझेको गुनासो गरे। स्थानीय पालिकाले पनि किसानलाई समयमा मलखाद अथवा एक मुठी बिउसमेतको व्यवस्था नगर्दा गरिब किसानहरू चर्काे मूल्य तिरेर खेती गर्न बाध्य भएको गदीको भनाइ छ।

कृषिप्रधान देश भनेर सधैँ किसानको वारेमा सरकारले नसोच्ने गरेका कारणले लगातार गहुँसँगै अन्य उत्पादनमा कमी हुँदै आएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरूम गदीले बताए। उनले समयमा मलखाद बिउबिजन उपलब्ध नहुने गरेकाले वर्षे


नी बालीको उत्पादनमा कमी हुँदै आएकोले यसमा सम्बन्धीत निकायले ध्यान दिनुपर्ने माग गरे।

पर्सामा यस वर्ष हिउँदे वर्षा नहुनु नै गहुँ उत्पादन घट्नुको प्रमुख कारण रहेको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सरेश चौरसियाले जानकारी दिए। समयमा पानी नपरेपछि गहुँको बाला पसाउने बेलामा गहुँमा लागेको दाना सुकेर उत्पादनमा कमि आएको उनले बताए।

कृषिलाई स्थानीय सरकारहरूले समेत ध्यान नदिएका कारणले पनि किसानहरूले लगाउँने बालीको उत्पादन बढ्न नसकेको चौरसियाको भनाइ छ । पछिल्लो केही वर्षयता पर्सामा किसानहरू गहुँ खेतीमा आकर्षित भएका छन। तर उनीहरूलाई समयमा सिंचाइ सुविधा नहुँदा समस्या झेल्नु परिरहेको छ।


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: बारामा गहुँ उत्पादन बढ्यो भने पर्सामा घट्यो
बारामा गहुँ उत्पादन बढ्यो भने पर्सामा घट्यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5vnJEFMBIcss6O4p29XmxUJvmmsAdGjPq7qoG_LiG6F0XnUVtXsgfcJ8q6NTNHNBebWDuAoe4RmrNX1vfrum11A5LK6xVSSKvbqYGQ1nb_ceXjMdi1NQcm4rmVHUQ6nrIHIUhW6XAbzwGvuQi-Cj2dQ8rCkEF4C119GL-7U7n18UBWB4wbzcBfFyZsg/w640-h360/gahu.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5vnJEFMBIcss6O4p29XmxUJvmmsAdGjPq7qoG_LiG6F0XnUVtXsgfcJ8q6NTNHNBebWDuAoe4RmrNX1vfrum11A5LK6xVSSKvbqYGQ1nb_ceXjMdi1NQcm4rmVHUQ6nrIHIUhW6XAbzwGvuQi-Cj2dQ8rCkEF4C119GL-7U7n18UBWB4wbzcBfFyZsg/s72-w640-c-h360/gahu.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_637.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_637.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content