स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जितपुर गौशालाको अनाधिकृत संरचना उपमहानगरले डोजर लगाएर भत्कायो

SHARE: 520

बारा,१७बैशाख : बाराको जितपुर बजार स्थित जितपुर गौशालाको जग्गामा अनधिकृत रुपमा बनाइएका भौतिक संरचनामा जीतपुर–सिमरा उपमहानगरपालिकाले आइतबार डोजर चलाएर भत्काएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीका अनुसार करिब १५ वटा सटर र केही होटल तथा कच्ची संरचना डोजर लगाएर भत्काइएको हो । उनका अनुसार सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना भत्काएर उक्त जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।
उपमहानगरपालिकाका अनुसार २०५२ सालमा ‘वीरगञ्ज जीतपुर गौशाला’ नामको एक गैसरकारी संस्था दर्ता गरेर जीतपुरको मुख्य बजारको करिब एक बिघाहा सार्वजनिक जग्गा भोगचलन हुँदै आएको थियो ।

भूमिसुधार लागु भएपछि २०२२ सालमा जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाका नाममा फिल्डबुक तयार भएको थियो । सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालीन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाका नाममा लालपूर्जा कायम भएको थियो ।

जीतपुर गौशालाको नाममा रहेको जग्गा हडप्ने मनासयले केही व्यक्तिहरु मिलेर २०५२ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा ‘जीतपुर वीरगंज गौशाला’ नामक गैरसरकारी संस्था खोली अनाधिकृत रुपमा जग्गा अतिक्रमण गरिरहेको भन्दै उपमहानगरले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चले २३ जेठ २०७९ मा जीतपुर वीरगञ्ज गौशाला नामको गैरसरकारी संस्था वा व्यक्ति विषेशको नहुने फैसला गरेपछि उक्त जग्गा सार्वजनिक कायम भएको थियो ।

सोही फैसलाको आधारमा उपमहानगरपालिकाले आइतबार गौशालामा रहेको अनधिकृत भौतिक संरचना भत्काइएको मेयर राजन पौडेलले जानकारी दिए । फैसलापछि जीतपुरसिमरा उपमहानगरपालिकाको सातौं नगरसभाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

उपमहानगरले गौशालामा रहेका गाइहरुको हेरचाहका लागि आइतबारबाटै २ जना दैनिक ज्यालादारीमा कर्मचारी राखेको पुरीले बताए ।पुरीका अनुसार जग्गा हडप्ने संस्थाले सटर लगायत संरचना भाडा लगाएर रकम उठाउँदै आएको थियो ।

The post जितपुर गौशालाको अनाधिकृत संरचना उपमहानगरले डोजर लगाएर भत्कायो appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





 















तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,107,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: जितपुर गौशालाको अनाधिकृत संरचना उपमहानगरले डोजर लगाएर भत्कायो
जितपुर गौशालाको अनाधिकृत संरचना उपमहानगरले डोजर लगाएर भत्कायो
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/jitpur-gausala.jpg?resize=1024%2C473&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_627.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_627.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content