काठमाडौं,१४ बैशाख : एसीसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।बिहीबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाएपछि खेल नेपालले जितेको हो ।
कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाएको थियो ।
नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने ।
कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कमी र आरिफ शेखले ११÷११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् ।
कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाएका थिए ।साभार : अनलाइनखबर
The post कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया