स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा खोज्न वीरगन्ज महानगर सफल

SHARE: 520

मधेसखबर
वीरगन्ज, २४ चैत : वीरगंज महानगरपालिकाले गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा सिमांकन गरेर किलाखुटी गाडेको छ ।

वीरगन्ज महानगरका विभिन्न वडा र महानगरसंगै सिमा जोडिएको पर्सागढी नगरपालिका वडा नम्बर ४ मा गरि गुठी संस्थानको नाममा ११३ बिघा भन्दा बढि जग्गा छ । ती जग्गामा विभिन्न व्याक्तिले अतिक्रमण गरि भोगचलन गर्दै आएका छन् ।

गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगन्ज महानगरपालिकाले गत बुधबारदेखि प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम थालेको हो ।शुक्रबार सम्म अतिक्रमित गुठि संस्थानको ३६ बिघा भन्दा बढि जग्गा महानगरपालिकाको टोलीले सिमांकन गरेर किलाखुटी गाडेको हो ।

शुक्रबार मात्रै पनि १५ विघाभन्दा बढी जग्गा छुट्याएर किलाखुटी गाडिएको गुठी संस्थान कार्यालय पर्साले जनाएको छ ।
महानगरले गुठी संस्थानको जग्गा खोज्ने अभियान अन्तर्गत शुक्रबार तेस्रो दिन १५ बिघा ४ कट्ठा १० धुर जग्गा सीमांकन गरेर किलाखुटी गाडेको गुठी संस्थान कार्यालय पर्साका प्रमुख चुडामणि घिमिरेले बताए ।महानगरसँगै जोडिएको पर्सागढी नगरपालिका–४ को भेडाहा टोल र सबैया टांडीमा शुक्रबार उक्त जग्गा नापजाँच गरेर सीमांकन गरिएको घिमिरेले बताए ।

बुधबारदेखि सुरु भएको अभियानको तेस्रो दिनसम्ममा ३६ विघा १० कट्ठा १० धुर जग्गा छुट्याएर किलाखुटी गाड्न सफल भएको उनले जानकारी दिए ।शुक्रबार सीमांकन गरि किलाखुटी गाडिएको जग्गामा करिब ६० घरपरिवारले पक्कि तथा फुसको टहरा बनाएर बसोबास गरिरहेका छन् ।यसअघि महानगरको टोलीले पर्सागढी नगरपालिका ४ भेडाहा टोलमै ९ बिघा १३ कट्ठा र बुधबार ११ बिघा १३ कट्ठा जग्गा सीमांकन गरेर किलाखुटी गाडेको थियो ।

महानगरले अतिक्रमित जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा खटाउने गरेको छ । गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगन्ज महानगरपालिकाले बुधबारदेखि प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।

वीरगन्ज महानगरपालिकाले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइरहेका बेला गुठी संस्थानले पनि आफ्नो जग्गा खोजी गरिदिन आग्रह गरेपछि महानगरले वीरगन्ज र यस आसपास रहेका गुठी संस्थानका अतिक्रमति जग्गा खोजी गरी सीमांकन गर्न सहयोग गरिरहेको मेयर राजेशमान सिंहले बताए ।

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसहित महानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको छ ।

 

The post गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा खोज्न वीरगन्ज महानगर सफल appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा खोज्न वीरगन्ज महानगर सफल
गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा खोज्न वीरगन्ज महानगर सफल
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Guthi-3.jpg?resize=1024%2C577&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_55.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_55.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content