
काठमाडौं,२७ चैत : संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै मन्त्री रिजालले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको पनि रहेको बताए ।
उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्ने बताए ।उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको पनि बताए ।
मन्त्री रिजालले भने, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको पनि हो । तपाईंहरूको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईं हामी सबै मिलेर गर्नुपर्छ ।’ साभार : अनलाइनखबर
The post देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्र पनि लाग्नुपर्छ : उद्योगमन्त्री रिजाल appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया