स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक

SHARE: 520

१४ वैशाख, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ ।

पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतको क्रममा रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम निर्माण गरिएको छ । कक्षा १ देखि ३ सम्म एकीकृत ढाँचामा तयार गरिएको पाठ्यपुस्तक निर्माण गरेर शैक्षिक सत्र २०८० मा परीक्षणका रुपमा कक्षा १ मा मात्र लागू हुने नगर शिक्षा अधिकृत रामसागर यादवले बताए ।

उनका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा जाने छ। ‘पाठ्यपुस्तक निर्माणका लागि भाषा विज्ञ तथा स्रोत शिक्षक एवं पाठ्यक्रम विकास केन्द्रका अनुभवी पाठ्यक्रम विद् तथा जनप्रतिसँग छलफल गरी तयार पारिएको छ, अब यसलाई कार्यान्वयन गरिने छ’, यादवले भने ।

तयार पारिएका पाठ्यक्रममा मैथली भाषाको आफ्नै तिरुहुत लिपिको विषयवस्तु समेटिएको छ । पाठ्यक्रममा स्थानीय तहमा रहेका सांस्कृतिक पक्ष तथा प्रर्याप्त मात्रामा मैथली शब्दार्थ प्रयोग गरिएको छ । स्थानीय आवश्यकता अनुसारको विषयवस्तु भएको हुँदा सिकारुका लागि रोचक विषय हुने विश्वास स्थानीय अधिकारीले गरेका छन् ।

नेपालको संविधानको मौलिक हकअनुसार मातृ भाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । सोहीअनुरुप नगरभित्र रहेका ३० वटै सामुदायिक विद्यालयमा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत तहका विद्यालयमा मातृ भाषामा स्थानीय विषयको पाठ्यक्रम लागू गर्ने नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक
बोदे बर्साइन नगरपालिकाले तयार पार्‍यो मैथली भाषामा पाठ्यपुस्तक
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_462.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_462.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content