स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सा–बारामा छुवाछुतको विभेद नरोकिएपछि दलितहरु विद्रोहको तयारीमा

SHARE: 520

मधेसखबर
वीरगन्ज,०३ बैशाखः पछिल्ला केहि दिनयता पर्सा र बारामा भइरहेका महायज्ञमा दलितलाई छुवाछुतको विभेद गरि प्रवेश गर्न बञ्चित गर्न थालिएपछि उनिहरु संगठित हुदै विद्रोहमा उत्रिने तयारी गरेका छन् ।

नेपालको संविधानमै जातिय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधको रुपमा उल्लेखछ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक वा निजी स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था पनि गरेको छ ।

ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ ।
तर यो कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पर्सा र बारामा दलितमाथि छुवाछुतको दुव्र्यवहार र विभेद गर्ने घटना बारम्बार दोहोरिइरहेको छ ।जसका कारण यहाँका दलित अगुवाहरुले विद्रोहमा उत्रिने तयारी गरेका हुन् ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १८ वडा सुखचैनामा यहि वैशाख १२ देखि विष्णु महायज्ञ आयोजना हुदैछ । उक्त महायज्ञमा दलितलाइ सरिक हुन रोक लगाइएपछि स्थानीय दलित र उनिहरुका अगुवाहरुले आपत्ति जनाएका छन् । आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनिहरुले महायज्ञमा आफुहरु जसरीपनि सहभागी हुने चेतावनी दिएका छन् ।पत्रकार सम्मेलनमा दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधन राम चमारले भने,‘ महायज्ञको चौका (वेदी)मा दलितहरु जसरी पनि सहभागी हुन्छौ , यदि जबरजस्ति गरेर हामीलाई रोकियो भने त्यसको परिणाम भयावह हुन्छ ।

सुखचैनामा आयोजना हुन लागेको १० दिने विष्णु महायज्ञमा महायज्ञको व्यवस्थापन समिति र गैरदलितहरुले गाँउकै दलितहरुलाई महायज्ञको वेदी (पूजास्थल) मा बस्न नदिने अडान लिदैआएका छन् । दलित संघर्ष समिति सुखचैनाका अध्यक्ष खिरोधनका अनुसार , पूजामा बस्न दलितहरुले जबरजस्ति गरेमा दलितहरुमाथि कुटपिट गर्नुका साथै ज्यानसमेत मार्ने धम्की गैरदलितहरुले दिएका छन् ।्
सुखचैना गाँउमा चमार(दलित) जातिको करिब ४५ घरधुरी छ । महायज्ञमा दलितहरुबाट चन्दा उठाइएको , महायज्ञको तयारीमा दलितहरुलाइ सहभागी गराइएको तर महायज्ञको वेदीमा भने दलितलाई बस्न नदिने महायज्ञ व्यवस्थापन समिति र गैरदलितहरुको अडान रहेको सुखचैनाका दलित प्रहलाद राम चमारले बताए ।

उनले भने,‘ महायज्ञको आयोजक समिति गठन गर्दाकै बेलादेखि गाँउका दलितहरुसंग छुवाछुतको विभेद गरियो , ६१ जनाको समितिमा हामी दलितबाट एकजनालाइ पनि राखिएन , समिति गठन गरेकै दिन वेदीमा दलितहरु बस्न पाउदैनौ भनेर उर्दी जारी पनि गरियो ।वडाअध्यक्ष उमाशंकर तिवारीले सुरुमा सकरात्मक आश्वासन दिएपनि पछिगएर गैरदलितहरुकै पक्षमा लागेर गाँउका दलितहरुलाई निराश पारेको प्रहलादले गुनासो गरे ।

त्यसपछि चैत २६ मा महायज्ञमा दलितलाई बञ्चित नगराउन माग गर्दै स्थानीय दलित दलित अगुवाहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई निवेदन दिएका थिए ।

उक्त निवेदनमा महायज्ञ आयोजक समितिले महायज्ञमा दलितलाइ सहभागी गराउन अस्वीकार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्ने समेत धम्की दिएको उल्लेख थियो ।तर यस विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल नगर्ने बरु प्रहरीकोृमा जान प्रमुख जिल्ला अधिकारीले जवाफ दिएपछि चैत २६ मै उनिहरुले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी महतो, सचिव गोपाल प्रसाद यादव र मन्द्रिका महतोको नामै किटानी गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।

तर प्रहरीले पनि यस विषयलाई खासै गम्भिरताका साथ नलिएका कारण आफुहरुले आइतबार पत्रकार सम्मेलन गर्नु परेको दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधनले बताए । उनले भने,‘ किटानी जाहेरी दिएपछि एसपी साबले महायज्ञ शुरु भएपछि वेदीमा गएर तपाईहरु बस्नु होला , यदि बस्न दिएनन् भने प्रहरी पठाएर कानुनी कारबाहीको प्रकृया थाल्छौ भनेर आश्वासन दिनुभएको छ ।

यता महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी धानुक महतो भने यस बारे प्रतिक्रिया दिन मानेन् ।टेलिफोन सम्पर्कमा आएका अध्यक्ष महतोले भने,‘ बाहिरको हल्लाको पछाडि लागेर हुदैन , वास्तविकता जान्नुछ भने यज्ञ सुरु भएपछि गाँउमै आएर हेर्नुहोला , अहिले म अर्के काममा व्यस्तछु , अरु केहि बोल्दिन । समितिका सचिव गोपाल प्रसाद यादवले भने दलितहरु आफै महायज्ञमा सहभागी हुन नचाहेको प्रतिक्रिया दिए ।

यसअघि पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा गत चैत ८ देखि १६ गते सम्म आयोजना गरिएको शतचण्डी महायज्ञमा पनि दलितलाई पूजापाठ गर्न बञ्चित गराइयो । त्यसवरुद्ध अलौका दलितहरुले सडकमै विरोध प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका थिए । तर जिल्ला प्रशासन कार्यायले पहलकदमी नलिदा र गाँउका गैर दलितहरुको धम्कीपूर्ण अडानका कारण दलितहरु पछाडि हट्न बाध्य भएका थिए ।

महायज्ञको वेदी (पूजास्थल) मा बस्न नपाएरै महायज्ञ सम्पन्न भएपछि जति कराएपनि केही हुँदैन भन्ने सोच गैर दलितहरुमा हाबी हुदै गएको अलौंको सर्वदलिय दलित अधिकार संघर्ष समिति पर्साका अध्यक्ष बुनेल रामले बताए ।

बाराको महायज्ञमा पनि दलितलाई प्रवेश गर्न प्रतिबन्ध

उता पर्साकै छिमेकी जिल्ला बाराको सुवर्ण गाउँपालिकामा गत चैत २६ बाट सुरु भएको विष्णु महायज्ञमा पनि दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाइएको छ ।सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आयोजित महायज्ञमा स्थानीय दलितलाई छुवाछुत गरी प्रवेश गर्न रोक लगाइएको हो ।

यज्ञ आयोजना गगैरदलितहरुले दलितका बालबालिकालाई पनि यज्ञमा बस्न नपाउने उर्दी नै जारी गर्दै यदि यज्ञमा पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको पीडित दलितहरुको गुनासो छ ।

जातिय विभेद विरुद्ध देशभरका दलितहरु अन्दोलनमा उत्रिन्छौ : दलित अगुवाहरु

जातीय विभेद र छुवाछुत विरुद्धको कानुन बनेको एक दशक बितिसक्दा पनि दलितलाई जातकै आधारमा विभेद र दुुव्र्यवहार गर्ने प्रवृति अझै पनि कायमै रहनु दुर्भाग्यपूर्ण भएको पर्साका दलित अगुवा एंव पुर्व सांसद रामाश्रय रामले आइबतारकाो पत्रकार सम्मेलनमा बताए ।

नुन नै नमान्नेहरुलाई कानुनबमोजिम कारबाही हुनुपर्ने उनले बताए । समानता र समावेशिताका मुद्धा बारम्बार उठीरहेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु अत्यन्तै दुखद विषय भएको उनकोभ नाइ छ ।

अर्का दलित अगुवा बुनेल रामले जातिय र छुवाछुतको विभेद विरुद्ध अब आफुहरु विद्रोहमा उत्रने तयारी गरिरहेको बताए । उनले भने,,‘ हामीले जे गरेपनि यिनीहरुले केही गर्न सक्दैनन् भन्ने सोच गैरदलितमा हाबी हुदै गएको छ । यसका विरुद्ध हामी दलित अगुवाहरु चुप लागेर बस्दैनौ ।

 

The post पर्सा–बारामा छुवाछुतको विभेद नरोकिएपछि दलितहरु विद्रोहको तयारीमा appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,121,राजनीति,76,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्सा–बारामा छुवाछुतको विभेद नरोकिएपछि दलितहरु विद्रोहको तयारीमा
पर्सा–बारामा छुवाछुतको विभेद नरोकिएपछि दलितहरु विद्रोहको तयारीमा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/dalit-2-1.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_31.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_31.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content