स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पुर्वमुख्यमन्त्री लालबाबुले १० करोडको ललिपप देखाएर ठोरीवासीलाई झुक्याए

SHARE: 520

मधेसखबर
वीरगन्ज,२०चैत : मधेस प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रको पर्यटन प्रबर्धन र विकासका लागि १० करोड रुपैया दिने घोषणा गरेको एक वर्ष बित्दा समेत उक्त रकम नपाउदा ठोरीवासी आक्रोशित भएका छन् ।मधेस प्रदेश सरकारले ठोरी र ठोरीवासीको भावनासंग खेलवाड गरेको भन्दै उनिहरुले प्रदेश सरकारले विभेद कायमै राखे ठोरी छिमेकको बागमती प्रदेशमा मिसिन तयार रहेको चेतावनी पनि दिएका छन् ।

२०७८ चैत ११ गते ठोरीमै बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले निर्णय नै गरेर ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको थियो । मन्त्रीपरिषद बैठकपछि ठोरीमै आयोजित कार्यक्रममा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीमा पर्यटकीय पुर्वाधार विकासका लागि प्रदेश सरकारले १० करोड रुपैया बजेट उपलब्ध गराउने सार्वजनिक घोषणा नै गरेका थिए ।

उक्त कार्यक्रममा भाषण गर्दै राउतले भनेका थिए ‘ मन्त्रीपरिषदको बैठकबाट ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरयौं , यहा पर्यटकीय पुर्वाधार निर्माण र विकासका लागि तत्काल १० करोड रुपैया उपलब्ध गराउने निर्णय पनि गरयौ , आवश्यकता अनुसार अरु थप सहयोग गर्न पनि सरकार प्रतिबद्ध छ ।

तर तत्कालीन मुख्यमन्त्री राउतले मन्त्रीपरिषदबाट निर्णय गराइ घोषणा गरेको एक वर्ष बित्दा समेत उक्त रकम अहिले सम्म ठोरीले नपाएको स्थानीयको भनाई छ ।सोमबार ठोरीमै प्रदेश सरकारकी उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ठोरीवासीले मधेस प्रदेश सरकारले ठोरीलाई झुक्याएको भन्दै आक्रोश पोखे ।

ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भने,‘ ठोरीको यहि मन्चबाट तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीको पर्यटन विकासका लागि १० लाख रुपैया दिने घोषणा गरेका थिए , तर त्यो १० करोड कहा हरायो ? ठोरीले अहिले सम्म एक सुको पनि भेटेको छैन ।

यसबारे तत्कालीन मुख्यमन्त्री राउतलाई आफुहरुले जनकपुरमा गएर उनको कार्यकक्षमै भेटेर ध्यानाकर्षण गराउँदा उल्टै राउतले तिखो वचन लगाएर फर्काएको गुनासो श्रेष्ठले गरे ।

श्रेष्ठले भने,‘ गत जेठ अषाढमा प्रदेशसरकारको वार्षिक नीति तथा कार्यक्रम बनाउने बेलामा म आफैं जनकपुर गएर मुख्यमन्त्रीज्युलाई भेटेर कुरा राखे तर उहाले त १० करोड बजेट ठोरीलाई दिदा मलाइ के फाइदा हुन्छ र दिनु ? भनेर जवाफ पो दिनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा मुख्यमन्त्रीको दल जसपाले ठोरी गाँउपालिकामा १३५ मत मात्रै पाएको प्रसंग झिक्दै तत्कालीन मुख्यमन्त्री राउतले १३५ भोट मात्रै आउने ठाँउमा १० करोड बजेट आफुले दिन नसक्ने भन्दै तिखो वचन लगाएको पनि श्रेष्ठले बताए । उनले पुर्वमुख्यमन्त्री राउतले १० करोडको ललीपप देखाएर ठोरीवासीलाई झुक्याएको पनि बताए ।

श्रेष्ठका अनुसार , मधेस सरकारका तत्कालीन उद्योग ,पर्यटन तथा वनमन्त्री सत्रुधन महत्तोले पनि ठोरीको पर्यटन क्षेत्रको विकासका लागि दुइ करोड रुपैया दिने घोषणा गरेका थिए । तर त्यो बजेट पनि अहिले सम्म ठोरीमा नआएको अध्यक्ष श्रेष्ठले सुनाए । श्रेष्ठले भने,‘ मन्त्रीले पनि दुइ करोड दिने घोषणा गरेका थिए , पछि मन्त्रालयबाट १ करोडमात्रै निकासा गरियो ,तर त्यो १ करोड पनि अहिले सम्म ठोरीमा आएको छैन, कहाँ अड्कीएको छ त्योपनि थाह छैन ।

श्रेष्ठले भने,‘ २०४६ सालपछि यता ठोरीले कांग्रेस , एमाले , मधेसीदल सबै पाटीका नेतालाई जिताएर सांसद बनाइसकेको छ , अहिले त संघ सरकारमा यहि क्षेत्रका मन्त्री पनि बनेका छन् , तर आजसम्म कसैले पनि ध्यान नदिएकाले ठोरी ओझेलमा परेको हो ।
ठोरी २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाले त यदि मधेसलाई ठोरी नचाहिएकै हो भने ठोरीलाई छिमेकको बागमती प्रदेशमा मिसाउनका लागि आफुहरुले आवाज उठाउने चेतावनी दिए ।

मुख्यमन्त्री स्वंयले नै मन्त्रीपरिषदको निर्णय गराइ ठोरीको पर्यटन प्रबर्धनका लागि १० करोड रुपैया दिने घोषणा गरेपनि त्यो १० करोडको अत्तोपत्तो नहुदाँ ठोरीवासी निराश भएको उनले बताए ।

सापकोटाले भने,‘ पहाडी समुदायको बाहुल्य क्षेत्र ठोरीसंग प्रदेश सरकारले प्रतिशोध साँधेको छ , यदि यस्तै रवैया रहिरहने हो भने हामी बागमती प्रदेशमा मिसिन खुशी खुशी तयार छौं ।

उनले दोहो¥याएर भने,‘ कि त मधेस प्रदेश सरकारले ठोरी पनि आफनै भुगोल हो भनेर ध्यान दिओस् ,अन्यथा हामी सरकारबाटै विभेद खेपेर यो प्रदेशमा बसिरहन सक्दैनौ ।

कार्यक्रममा नेकपा एमालेका ठोरी गाँउपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठले पनि ठोरी प्रति हेर्र्ने मधेस प्रदेश सरकारको दृष्टकोण विभेदकारी रहेको बताए । उनले भने,‘ ठोरीलाई हेर्ने मधेस सरकारको दृष्टिकोण ठिक छैन , विभेदकारी छ , त्यसकारण सरकारले आफनो रवैया सच्याउनुपर्छ ।

ठोरीको पर्यटन प्रबर्धनका लागि १० करोड दिने भनेर तत्कालीन मुख्यमन्त्री राउतले ठोरीलाई झुक्याएकोले ठोरीवासीमा सरकार प्रति आक्रोश बढ्दै गएको उनले सुनाए ।

कार्यक्रममा ठोरीवासीको गुनासो र आक्रोश सुनेपछि पर्यटन मन्त्री यादवले तत्कालीन मुख्यमन्त्रीले कार्यान्वयनमा ल्याउनै नसक्ने कुरा बोल्न नहुने बताइन् । उनले भनिन्,‘ विगतका मुख्यमन्त्री ज्युले १० करोड दिन्छु भनेर कसरी बोल्नु भयो , त्यस बारे म कुनै टिप्पणी गर्न चाहन्न , तर यत्तिमात्र भन्छु कि जुन कुरा पुरा गर्न सकिदैन त्यो बोल्नु हुदैनथ्यो ।

मन्त्री यादवले ठोरी पर्यटकीय क्षेत्रका लागि प्रचुर सम्भावना बोकेको प्रदेशकै एक महत्वपूर्ण पालिका भएकाले अबका दिनमा प्रदेश सरकारले ठोरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिइन् ।उनले भनिन्,‘ प्रदेश सरकारको नजरमा ठोरी छ , यहाको पर्यटन क्षेत्रको विकासका लागि अब प्रदेश सरकारले कुनै कन्जुस्याँइ गर्दैन , नयाँ बन्ने बजेटमा ठोरीले प्राथमिकता पाउँछ ।

त्यसका कारण ठोरीलाई मधे प्रदेशबाट हटाएर अर्को कुनै प्रदेशमा मिसाउने कुराले समस्याको समाधान नहुने उनको भनाई थियो ।
उनले मधेसमा घुम्न आउने पर्यटकहरुको लागि ठोरीमै रिफ्रेसमेन्ट सेन्टर बनाउने सोच मधे। सरकारको रहेको पनि सुनाइन् ।
ठोरी २ स्थित ठोरी जंगल रिसोर्टमा ठोरी गाँउपालिकाले ‘ठोरीको पर्यटन पबर्धनमा सरोकारवालाहरुको भूममीका’ तथा सम्मान कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मानित गरेको थियो ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ ,उपाध्यक्ष गोकुली रेग्मी ,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल लगायतको पनि उपस्थिती थियो ।

The post पुर्वमुख्यमन्त्री लालबाबुले १० करोडको ललिपप देखाएर ठोरीवासीलाई झुक्याए appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पुर्वमुख्यमन्त्री लालबाबुले १० करोडको ललिपप देखाएर ठोरीवासीलाई झुक्याए
पुर्वमुख्यमन्त्री लालबाबुले १० करोडको ललिपप देखाएर ठोरीवासीलाई झुक्याए
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Thori-1.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_24.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_24.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content