स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बन्दुक बोक्ने सेना डाक्टर र औषधी लिएर पुग्दा गाँउलेले भने : सेना त हाम्रै लागि रहेछन्

SHARE: 520

मधेसखबर
वीरगन्ज,२५चैत : नेपाली सेनाले चलाएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराइ औषधी लिएर फर्कदै गरेका ८० वर्षिय बृद्ध दुखी हजरा दुसादले भने,‘ पहिले सेना बन्दुक बोकेर गाँउमा आउँथे , तर आज डाक्टर र दवाई ( औषधी ) बोकेर पो आएछन् , सेना त साच्चै हामी जनताको लागि पो रहेछन् ।

डेढ महिना देखि घुडाँ दुखेर हैरानी खेपिरहेपनि आर्थिक अभावका कारण शहरको अस्पतालमा उपचार गराउनबाट असमर्थ दुसादले भने,‘ गाँउमै सेनाले शिविर लगाइदिदाँ म गरिब बुढोका लागि सेना भगवान जस्तै लागे , डाक्टरसाबले राम्ररी चेकजाँच गरिदिए अनि दवाइ पनि दिए ।

पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुरका बृद्ध दुसादको जस्तै औराहाकी ५६ वर्षिया मालती देवी थरुइन्को प्रतिक्रिया पनि उस्तै छ । शिवीरमा उपचार गराएकी थरुइन्ले भनिन्,‘ माओवादीको लडाँइका बेला गाँउमा सेना आउने बित्तिक्कै डरले सबै घरमा लुकिहाल्थे , तर आज सेनाले बिना पैसाको इलाज गरिदिदाँ बल्ल थाहा भयो सेना त हाम्रै लागि पो रहेछन् ।

पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुरपन्चगावामा शनिबार नेपाली सेनाको श्रीजंग गणले निशुल्क स्वास्थ्य शिविर आयोजना गरि करिब २ हजार जना स्थानीयको निशुल्क उपचार गरि औषधी पनि वितरण गरेको छ ।शनिबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा सखुवाप्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका साथै त्यस आसपासका गरि १० भन्दा बढि गाँउका स्थानीयले निशुल्क उपचार पाएका छन् ।

उक्त शिविरमा सबै रोगका बिरामीको स्वास्थ्य परिक्षण र ल्याब टेष्ट समेत गरि निशुल्क औषधी वितरण गरिएको थियो । शिवीरबाट महिला र पुरुष गरि १ हजार १ सय ५० जना लाभान्वित भएको नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले जानकारी दिए ।
शनिबार शिविरस्थलमै पुगेका अधिकारीलले खासगरि गरिबीका कारण सदरमुकाम वीरगन्जका सुविधासम्पन्न अस्पतालमा उपचार गराउनका लागि जान असमर्थ समुदायलाई लक्षित गरि सेनाले श्रीपुर पन्चगावामा बृहत निशुल्क स्वास्थ्य शिविरिको आयोजना गरेको बताए ।

उनले भने,‘ खर्चको अभावमा शहरका अस्पतालमा जान नसकि उपचार नपाएका गाँउका गरिब दिनदुखीहरुलाई मुख्य लक्षित गरि सेनाले यो शिविर चलाएको हो , शिविरमा गाँउलेहरु लाभान्वित भएको देख्दा मलाई खुशी लाग्यो ।विगतको कुनै कालखण्डमा सेना र जनता बिचको दुरी बढेपनि अहिले भने परिस्थिती फेरिदैं गएको उनले बताए ।

सेना र जनता बिचको सामिप्यता बढाउने उदेश्यले पनि सेनाले गाँउमा शिविरको आयोजना गरेको अधिकारीले बताए । उनले भने,‘ नेपाली सेना राष्ट्रिय सेना हो , जनताको सेवामा अहोरात्र खटि रहेको छ , अझैपनि सेना प्रति कतै कतै जनताको अविश्वास देखिन्छ , त्यसलाई मेट्न र जनतासंग अझ कसरी नजिक हुने प्रयासमा हामी लागि रहेका छौं , त्यहि उदेश्यले यो शिविर आयोजना गरेका हौं ।
उनले जनतासंग घुलमिल भएर सेना र जनता बिचको सम्बन्ध अझ सुमधुर बनाउने उदेश्यले नै पछिल्ला दिनमा सेनाले सामाजिक सेवाका गतिविधी सन्चालन गरिरहेको बताए ।

यसअघि मध्यपूर्व पृतना हेड क्वाटरको निर्देशनमा सेनाका विभिन्न गणले महोतरी, रामेछाप र दोलखामा पनि यस्तै स्वास्थ्य शिविर आयोजना गरिसकेको र यस कार्यलाई अरु जिल्लामा पनि निरन्तरता दिने उनले बताए ।

शनिबार सेनाले शिविर आयोजना गरेको स्वास्थ्य शिविर स्थलमा पुगेका सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले पनि सेनाको यस्ता सामाजिक गतिविधीले जनता र सेना बिचको सम्बन्धलाइ सुमधुर बनाउदै जाने प्रतिक्रिया दिए ।

यादवले भने,‘ एक त हाम्रो पालिका शहर भन्दा निक्कै टाढा छ , जसका कारण खासगरि गरिब विपन्न र दलितलाई उपचारका लागि शहर जानै मुश्किल हुन्छ , ती समुदायलाई सेनाको यो शिविरले धेरै राहत दिएको छ ।

विगतमा भएको माओवादी द्वन्द्धका कारण सेना र जनता बिच बढेको दूरीलाइ सेनाको यस्तो सामाजिक कार्यले भने घटाउदै जाने विश्वास आफुले लिएको उनले बताए । यादवले भने,‘ सेनाका यस्ता सामाजिक कार्य गाँउ गाँउमा भइरहनुपर्छ , यसले सेना र जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुरयाउछ ।

शनिबार सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा सखुवा प्रसौनी गाँउपालिका, नेपाल मेडिकल एशोसियसन, केडियाँ आँखा अस्पताल , प्रभु हस्पिटल , श्रीराम हस्पिटल , शान्ति क्लिनिक र नेपाल औषधी कर्मचारी संघले पनि सहयोग गरेको थियो । शीवीरमा ठाक्टर नीरज सिंह, डाक्टर मनोज गुप्ता , डाक्टर लक्ष्मी थापा , डाक्टर प्रिति यादव , कर्णेल डायमण्ड कार्की , सामाजिक अभियन्ताहरु प्रकाश थारु , दिलिपराज कार्की , कमल चौगाई लगायतले पनि सहजीकरण गरेका थिए ।

The post बन्दुक बोक्ने सेना डाक्टर र औषधी लिएर पुग्दा गाँउलेले भने : सेना त हाम्रै लागि रहेछन् appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: बन्दुक बोक्ने सेना डाक्टर र औषधी लिएर पुग्दा गाँउलेले भने : सेना त हाम्रै लागि रहेछन्
बन्दुक बोक्ने सेना डाक्टर र औषधी लिएर पुग्दा गाँउलेले भने : सेना त हाम्रै लागि रहेछन्
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Shibir-3.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_21.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_21.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content