स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

SHARE: 520

बारा, १७ चैत : बाराको सिमरामा जारी १३ औं जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधीका लागि शनिवार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधी उचाल्ने दाउमा हुनेछन् ।
जारी सिजनमा दुबै टिम उपाधीविहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुबै टिम उपविजेता रहन पुगे ।

मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुबै टिम उपाधीविहिनताको अवस्थाको अन्त्य गर्न चाहन्छन् । दुबै टिमका लागि यो उपाधी निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भएलगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबारदेखि सुरु हुँदैछन् ।

काठमाण्डौ पुगेर लिगको यात्रा थालनी गर्न आफूहरुका लागि जीतपुरसिमराको उपाधीले उर्जा थप्ने टिमका कप्तान तथा प्रशिक्षकको भनाई छ । लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई पहिलो सहभागितामै उपाधी उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिताको उपाधी लिएर लिगको सुरुवात गर्न चाहन्छन् । ‘यो उपाधी हाम्रो लागि निकै महत्वपूर्ण छ । हामीसंग राम्रो टिम छ तर उपाधी जित्न सकेका छैनौं’ हुमागाईले भने ‘टिममा उर्जा र दर्शकमा उत्साह थप्न यो उपाधी जित्नै पर्नेछ । हामीले जित्ने गरी खेल्नेछौं ।

बि डिभिजनबाट बढुवा भएर आएपछि उत्कृष्ट फूटबल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो । एपीएफ र एनआरटीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको चर्च ब्वाईजले इतिहास रच्न शेर्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा जीतपुरसिमरा गोल्डकपका लागि परिचित टिम हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद् नतिजा प्राप्त गर्न सकेको थिएन् । फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको शेर्पा दोस्रो पटक उपाधी उचाल्ने अवसर खेर फाल्न चाहदैन् । शेर्पाका टिम मेनेजर विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको प्रतिकृया दिए ।

पत्रकार सम्मेलनमा उपस्थित हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ र चर्चका कप्तान मिलन राईले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको बताए ।

शनिवार साँझ सिमरा रङ्गशालाको फ्लड लाईटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादबको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

The post सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,116,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै
सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/IMG_9552.jpg?resize=1024%2C683&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content