वीरगन्ज ,३चैत: बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्युु भएकाे छ ।
मृत्युु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह साेनार रहेका छन् ।
वीरगन्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले मोतीबागमै बिहान ठक्कर दिएका बालककाे घटनास्थलमै मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
The post कलैयामा स्कुल बसकाे ठक्करबाट ३ वर्षिय बालककाे मृत्युु appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया