
काठमाडौं ,३० फागुन: नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।
अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि सुनको मूल्य ताेलामा पछिल्लो तीन दिन यता ३ हजार ९ सय रुपैयाँले बढेको हो ।
आज मंगलबार छापावाल सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ, यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।
सोमबार एक लाख ४ हजार एक सयमा छापावाल सुन र एक लाख ३ हजार ६ सयमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी एक हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
The post फेरि तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया