वीरगन्ज,१४चैत : हिन्दु धर्म संस्कृतिको संरक्षणका लागि वीरगन्जका युवाहरुले चिया पसल अगाडि सामुहिक हनुमान चालीसाको पाठ गरेका छन् ।
वीरगन्जको केन्द्रमा रहेको महावीरस्थान मन्दिर छेउमा रहेको चिया पसल अगाडि मंगलबार बिहान सनातन धर्म प्रति आस्था राख्ने युवाहरूले सामुहिक हनुमान चालीसाको पाठ गरेका हुन् ।
मंगलबार भगवान हनुमानजीको लागि विशेष दिन रहेको मान्यता छ । त्यसैकारण मंगलबार बिहान स्वेच्छाले मन्दिर दर्शन गर्न पुगेका युवाहरूको समुहले सामुहिक हनुमान चालीसाको पाठ गर्नुका साथै हरेक मंगलबार बिहान ७:१५ मा पाठ गर्ने योजना बनेकाे देवेश गुप्ताले जानकारी गराए ।
उनले , आफ्नो धर्मप्रति सबै जागरुक हुन् भन्ने हाम्रो मुख्य उदेश्य हाे ।
सातामा केहि घण्टा आफ्ना धर्मका लागि खर्च गर्दै साथीभाइसंग भेटघाटको राम्रो माध्यम रहेको अनुभुती भइरहेको पाठमा सहभागी रिसभ राज अग्रवालले बताए ।
हनुमान चालीसा पाठ गर्ने समुहमा देवेश गुप्ता, रिसभ अग्रवाल, विकी सरार्फ, सौरभ गुप्ता, सौर्या सरार्फ लगायत विभिन्न संघ संस्थाका युवाहरूको सहभागीता रहेको थियो ।
The post हिन्दु धर्म संरक्षणका लागि वीरगन्जमा युवाहरुले सामुहिक रुपमा गरे हनुमान चालीसाकाे पाठ appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया