स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ठाकुरराम क्याम्पसमा आजगनी भएपछि स्ववियु निर्वाचन प्रकृया स्थगीत

SHARE: 520

मधेसखबर
वीरगन्ज ,२६फागुनः वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विधार्थीले आगजनी गरेपछि स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन प्रकृया स्थगीत भएको छ ।

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विधार्थीहरुले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका हुन् । आगजनी पछि क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाले एक सूचना प्रकाशन गरि यसअघि निर्धारित स्ववियु निर्वाचन प्रकृया स्थगीत गरेका हुन् ।

शुक्रबार क्याम्पसको सभाकक्षमा क्याम्पस प्रमुख , निर्वाचन अधिकृत र विधार्थी संगठनका नेताहरु बिच मतदाता नामावलीका विषयमा उत्पन्न विवादका बारे छलफल भइरहेका बेला केहि विधार्थीहरुले विधार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आजगनी गरेका थिए । आजगजनीबाट शाखामा रहेका फर्निचरहरु जलेका छन् ।

आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले विधार्थी नेताहरु सुजित गिरि , मनिष चौहान र शीवम साह गरि ३ जनालाइ नियन्त्रणमा लिएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

आजगजनीको घटनापछि शनिबारका लागि निर्धारति मनोनयन पत्र दर्ता कार्यक्रम सहित त्यसपपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगीत गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी गराए ।

मतदाता नामावलीका विषयमा विधार्थी संगठनहरुले छानबिनका लागि राखेको मागलाई मध्यनजर गरि क्याम्पसका प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको लामिछानेले बताए । उक्त समितिमा प्राध्यापक संघ , कर्मचारी संघ , लेखा शाखाका कर्मचारी , विधार्थी संघसंगठनका प्रतिनिधी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीलाई समेत सदस्यका रुपमा राखिएको छ ।

निर्वाचन अधिकृत लामिछानेका अनुसार , उक्त समितिले ३ दिन भित्र (फागुन२९ गते भित्र) फागुन २१ मा प्रकाशीत मतदाता नामावलीको छानबिन गरि प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशीत गरि पुन अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिने लामिछानेले जानकारी दिए । उनले त्रिभुवन विश्व विद्यालयले निर्धारण गरेको चैत ५ मा हुने मतदान भने प्रभावित नहुने गरि आफुहरु अगाडि बढ्ने पनि प्रष्ट पारे ।

यसैबिच शुक्रबार नै विधार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले भने राजीनामा दिएका छन् । मतदाता नामावलीमा जानीजानी फर्जि विधार्थीको नाम समावेश गरेको आरोप लगाउर्दै विधार्थी संघसंगठनहरुले उनको राजीनामा मागेपछि उनले क्याम्पस प्रमुख चौरसियालाई राजीनामा पत्र बुझाएका हुन् ।

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीमा १० हजार २३२ जना विधार्थीको नाम समावेश थियो । तर विधार्थी संघसंगठनहरुले उक्त नामावलीमा करिब ८ सय फर्जि विधार्थीको नाम समावेश गरिएको भन्दै शुक्रबार विवाद गरेका थिए । क्याम्पस प्रमुख , निर्वाचन अधिकृत र विधार्थी कल्याण शाखाका प्रमुखले आफु निकटका विधार्थी संगठनलाई जिताउने नियतले ८ सय फर्जि विधार्थीको नाम मतदाता नामावलीमा समावेश गरेको नेविसंघका क्याम्पस इकाई समिति सभापति मनोज कुमार साहले आरोप लगाए । त्यहि कारण आफुहरुले मतदाता नामावली बारे छानबिन गरि त्यसमा संलग्न दोषीलाई कारबाही गर्नु पर्ने माग राखेको उनले बताए ।

यता निर्वाचन अधिकृत लामिछानेले पनि फागुन २१ मा प्रकाशित मतदाता नामावलीमा प्राविधिक त्रुटी हुन पुगेको स्वीकारे । त्यहि कारण विधार्थी संगठनहरुको मागलाई ध्यानमा राखेर छानबिनका लागि क्याम्पस प्रशासनले छानबिन समिति गठन गरेको उनले प्रष्टिकरण दिए ।

The post ठाकुरराम क्याम्पसमा आजगनी भएपछि स्ववियु निर्वाचन प्रकृया स्थगीत appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: ठाकुरराम क्याम्पसमा आजगनी भएपछि स्ववियु निर्वाचन प्रकृया स्थगीत
ठाकुरराम क्याम्पसमा आजगनी भएपछि स्ववियु निर्वाचन प्रकृया स्थगीत
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/TRMC-5.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_30.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_30.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content