स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ठाकुरराम क्याम्पस: हार्ने डर भएपछि पार्टीका नेताहरुले नै स्थगीत गराए स्ववियु निर्वाचन

SHARE: 520

मधेसखबर
वीरगन्ज ,१चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन , राजनीतिक दलको दबाबमा क्याम्पस प्रशासनले स्थगीत गरेको छ ।

चैत ५ मा हुनु पर्ने स्ववियु निर्वाचन , ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको थियो ।
तर जिल्लामा सकृय राजनीतिक दलहरुले विधार्थी संगठनहरुको विवादको निहु बनाएर चैत ८ मा निर्वाचन हुन सक्ने परिस्थिती नभएको भन्दै क्याम्पस प्रशासनलाई दबाब दिएर स्थगीत गराएका हुन् ।उनिहरुकै सहमतिमा क्याम्पस प्रशासनले अब स्ववियु निर्वाचन जेठ १३ गते गर्ने निर्णय गरेको छ ।

देशभरका क्याम्पसमा स्ववियु निर्वाचन चैत ५ गते हुदैछ ।तर ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन कार्यतालिका निर्वाचन समितिले फागुन २९ गते सार्वजनिक गरेको थियो । यसैबिचमा विधार्थी संगठनहरुको विवादको निहु बनाएका दलहरुको दबाब र निर्देशनमा क्याम्पस प्रशासनले स्ववियु निर्वाचन हालका लागि स्थगीत गरि आगामी जेठ १३ गते गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिले ब्ुधबार साँझ जारी गरेको सूचनामा , जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहान प्रमुख जिल्ला अधिकारीको समन्वयमा प्रमुख राजनीतिक दलहरु सहित बसेको बैठकले चैत ८ मा निर्वाचन हुन सक्ने परस्थिती नभएकाले हालका लागि निर्वाचनका सम्पूर्ण प्रकृया स्थगीत गर्दै जेठ १३ मा निर्वाचन गर्ने निर्णय गरिएको उल्लेख छ ।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रहरी उपरिक्षक कोमल शाह ,क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया , निर्वाचन अधिकृत रोशन लामिछाने , नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंह , जसपाका जिल्ला सचिव तबरेज अहमद , नेकपा एमालेका नेता शीवजी गुप्ता , नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता लगायतको सहभागिता थियो । बैठकमा विधार्थी संघसंगठनका नेतालाई भने सहभागी गराइएको थिएन ।

विधार्थी संगठनहरुको विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको र चैत १२ देखि विभिन्न संकायको परिक्षा शुरु हुने र परिक्षा बैशाख सम्म चल्ने भएका कारण अब जेठ १३ गते निर्वाचन गर्ने निर्णय गरिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव तबरेज आलमले जानकारी दिए ।बैठकमा सहभागी नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंहले पनि चैत ८ मा निर्वाचन हुन सक्ने परिस्थिती नभएका कारण जेठ १३ मा गर्ने सहमति गरिएको बताए ।

क्याम्पस प्रमुख चौरसियाले पनि प्रमुख दलका नेताहरुले चैत ८ मा निर्वाचन गर्न सम्भव नै नभएको र विवाद पनि नसल्टिएको अवस्थामा स्थगीत गर्न सहमति गरे पछि जेठ १३ मा गर्ने निर्णय गर्नु परेको बताए । उनले भने ,‘ किनकि चैत १२ देखि क्याम्पसमा परिक्षा शुरु हुने र त्यो चैत महिनाभरि चल्छ , त्यसपछि बैशाख ४ गते देखि फेरि अरु संकायको परिक्षा शुरु हुन्छ , त्यसकारण जेठ १३ गते निर्वाचन गर्ने दलहरुको सहमतिमा निर्णय गर्नु परेको हो ।

बैठकमा सहभागी दलका नेताहरुले क्याम्पसले सार्वजनिक गरेको मतदाता नामावली प्रति विधार्थी संगठनहरुको विवादका कारण चैत ८ को निर्वाचन स्थगीत गर्नु परेको बताएका छन् । तर निर्वाचनको पक्षमा रहेका विधार्थी संगठनका नेताहरुले भने हरेक दलको विधार्थी संगठनमा सभापतिका आकांक्षी धेरै भएका र उनिहरुको व्यवस्थापन गर्न नसकिने भएपछि आफनो संगठन हार्ने डरले चुनाव स्थगीत गराएको बताएका छन् ।

हरेक दलमा गुट चलाएर बसेका नेताहरुले विधार्थी संगठनमा पनि आ आफना गुटका विधार्थी नेतालाई सभापतिमा अगाडि सारेको अवस्थामा आफनो संगठनबाट सर्वसम्मत उम्मेदवार दिन सक्ने अवस्था नभएपछि चुनाव हार्ने डरले दलहरुले नै क्याम्पस प्रशासनलाई दबाब दिएर निर्वाचन स्थगीत गराएको चुनावको पक्षमा रहेका विधार्थी नेताहरुले बताए ।

स्ववियु सभापतिका आकांष्क्षी रहेका विधार्थी नेता कमलेश यादवले आफू निकटका विधार्थी समुह चुनावमा हार्ने डरले दलहरुले चुनाव स्थगित गराएको आरोप लगाए । उनले भने, सबै पार्टीको विधार्थी संगठनहरुमा तीन चार वटा गुट छन् , त्यसैले चुनाव जित्ने अवस्थामा नभएपछि उनिहरुका माउ पार्टीले पनि क्याम्पस प्रमुखसंग मिलेर चुनाव स्थगित गराएका हुन् ।

नेविसंघबाट सभापतिका अकांक्षी रहेका मुनराज तिवारीले पनि विधार्थी पढ्ने क्याम्पसमा दलका नेताहरुले अनावश्यक हस्तक्षेप गरेर चुनाव स्थगीत गराएको बताए ।
उनले भने ,‘ क्याम्पस प्रमुख पनि दलको कार्यकर्ता जस्तै भए , दलहरुले जे जे भने त्यसमै सहीछाप ठोकि दिए । निर्वाचन स्थगीत गराएका दलका नेताहरुले क्याम्पसका १० हजार विधार्थीहरुको हक कुण्ठित गरि भविष्यसंग पनि खेलवाड गरेको आरोप उनको छ ।

निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने क्याम्पस प्रमुख चौरसिया असक्षम साबित भइसकेकाले अब उनले जेठमा पनि निर्वाचन गराउन नसक्ने ठोकुवा उनले गरे । त्यस कारण चौरसियाले तत्काल क्याम्पस प्रमुख पदबाट राजीनामा दिनु पर्ने उनको माग छ ।

निर्वाचन तोकिएकै मितिमा हुनु पर्ने माग राखेर मंगलबारदेखि अनसनमा बसेका विधार्थी नेताहरुले निर्वाचन स्थगीत गरिएपछि बुधबार साँझ अनसन तोडेका छन् । अनसन तोडाउन क्याम्पसमा पुगेका क्याम्पस प्रमुख चौरसिया र निर्वाचन अधिकृत लामिछानेलाई बहिष्कार गरेर अनसनकारी विधार्थी नेताहरुले क्याम्पसका कार्यालय सहयोगीका रुपमा कार्यरत माली कृष्ण बहादुर बलको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

निर्वाचन गराउन नसक्ने असक्षम क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको हातबाट आफुहरुले जुस पिएर अनसन नतोड्ने उनिहरुको अडान थियो । त्यसपछि अनसनकारी विधागर्थीहरुकै आग्रहमा माली बलले जुस पिलाएर अनसन तोडाएका हुन् ।

यसअघि निर्वाचन समितिले फागुन २१ र फागुन २९ मा गरि दुइ पटक प्रकाशन गरेको मतदाता नामावलीमा फर्जि विधार्थीहरुको पनि नाम समावेश गरिएको भन्दै विधार्थी संघसंगठनहरुले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी पनि गरेका थिए । दोश्रो पटक सोमबार निर्वाचन समितिले जारी गरेको ९ हजार ७ सय मतदाताको नामावली प्रति विरोध जनाउदै मंगलबार बिहान विधार्थी संगठनहरुले फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने माग राखेर क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका थिए ।

क्याम्पस प्रमुखलाई भौतिक कारबाही गर्ने विधार्थी नेताहरुको धम्की

यता केहि विधार्थी नेताहरुले भने निर्वाचन स्थगीत गरिएको आक्रोशमा क्याम्पस प्रमुखलाई भौतिक कारबाही नै गर्ने सार्वजिक धम्की दिएका छन् ।

निर्वाचन स्थगित भएपछि आक्रोशीत विधार्थी नेताहरुले बुधबार दिउँसो क्याम्पसमै पत्रकार सम्मेलन गरेर क्याम्पस प्रमुख चौरसियालाई भौतिक कारबाही गर्ने सार्वजनिक धम्की दिएका हुन् ।

पत्रकार सम्मेलनमा सुधिर पटेल स्वतन्त्र समुहका नेता सुधिर पटेलले क्याम्पस प्रमुख चौरसियाले आफू निकटका विधार्थी समुह चुनावमा हार्ने डरले चुनाव स्थगित गराएको आरोप लगाए । उनले भने, असक्षम क्याम्पस प्रमुखले कि त तत्काल राजिनामा दिनु पर्छ होइन भने मेरो नेतृत्वमै क्याम्पस प्रमुखलाई भौतिक कारबाही हुन्छ ।

पटेलले ठाकुरराम क्याम्पसमा नेविसंघ ,समाजवादी विधार्थी युनियन , अनेरास्ववियु , अखिल क्रान्तिकारी लगायत सबै दलीय संगठनमा गुट उपगुट भएका कारण स्ववियु चुनाव जित्ने अवस्थामा नभएपछि उनिहरुका माउ पार्टीले पनि क्याम्पस प्रमुखसंग मिलेर चुनाव स्थगित गराएको आरोप लगाए ।उनले भने,दलका हरेक विधार्थी संगठनमा दुई तीन वटा गुट छ , त्यहिकारण उनिहरुलाई चुनाव हारिन्छ भन्ने डरले सताइरहेको छ , आफू नजित्ने परिस्थिति भएपछि चुनाव नै स्थगित गराएका हुन् ।

The post ठाकुरराम क्याम्पस: हार्ने डर भएपछि पार्टीका नेताहरुले नै स्थगीत गराए स्ववियु निर्वाचन appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,255,Madhes Khabar,255,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,135,राजनीति,76,विजनेश,19,समाचार,45,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: ठाकुरराम क्याम्पस: हार्ने डर भएपछि पार्टीका नेताहरुले नै स्थगीत गराए स्ववियु निर्वाचन
ठाकुरराम क्याम्पस: हार्ने डर भएपछि पार्टीका नेताहरुले नै स्थगीत गराए स्ववियु निर्वाचन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/IMG_20230315_171844.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_22.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_22.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content