स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति

SHARE: 520

मधेसखबर
वीरगन्ज ,१चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हालका लागि स्थगीत गरि साढे २ महिना पछि धकेलिएको छ ।चैत ८ मा हुने भनिएको निर्वाचन हालका लागि स्थगीत गरि अब जेठ १३ गते गर्ने सहमति राजनीतिक दल र क्याम्पस प्रशासन बिच भएको हो ।

निर्वाचन समितिले दुइ दुइ पटक प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विधार्थी संघसंगठनले पटक पटक विवाद गर्दै क्याम्पसमा आगजनी र तालाबन्दी समेत गरेपछि स्ववियु निर्वाचन साढे २ महिना पछि धकेलिएको हो ।

देशभरका क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन कार्यतालिका निर्वाचन समितिले फागुन २९ गते सार्वजनिक गरेको थियो । तर विधार्थी संगठनहरुको विवादका कारण ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन अब आगामी जेठ १३ गते गर्ने सहमति क्याम्पस प्रशासन र राजनीतिक दलहरुले गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बिहान दोश्रो पटक बसेको सर्वपक्षीय बैठकमा विधार्थी संगठनहरुको विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको र चैत १२ देखि विभिन्न संकायको परिक्षा शुरु हुने भएका कारण अब जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव तबरेज आलमले जानकारी दिए ।
बैठकमा सहभागी नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंहले पनि चैत ८ मा निर्वाचन हुन सक्ने परिस्थिती नभएका कारण जेठ १३ मा गर्ने सहमति गरिएको बताए ।

उक्त सहमति अनुसार , अब निर्वाचन समितिले जेठ १३ मा निर्वाचन गर्ने गरि सूचना जारी गर्ने क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले जानकारी दिए ।

यसअघि निर्वाचन समितिले तोकेको चैत ८ मा भने निर्वाचन गर्न सम्भव नै नभएको उनले पनि बताए । किनकि चैत १२ देखि क्याम्पसमा परिक्षा शुरु हुने र त्यो तै महिनाभरि चल्ने , त्यसपछि बैशाख ४ गते देखि फेरि अरु संकायको परिक्षा शुरु हुने भएका कारण जेठमा निर्वाचन गर्ने सहमति गरिएको चौरसियाले बताए ।
बैठकमा यसअघि प्रकाशीत मतदाता नामावलीको विषयमा विधार्थी संगठनहरुले जनाएको विरोध र विवाद बारे पनि छलफल भएको भन्दै चौरसियाले त्यस बारे पुन छानबिन गरि अर्को मतदाता नामावली तयार पारिने पनि उनले बताए ।

बुधबारको सर्वपक्षीइ बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , प्रहरी उपरिक्षक कोमल शाह ,क्याम्पस प्रमुख चौरसिया , निर्वाचन अधिकृत रोशन लामिछाने , नेपाली काँग्रेसका जिल्ला सहसचिव नवीन सिंह , जसपाका जिल्ला सचिव तबरेज अहमद , नेकपा एमालेका नेता शीवजी गुप्ता , नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता लगायतको सहभागिता थियो । बैठकमा विधार्थी संघसंगठनका नेतालाई पनि सहभागी गराइएको थिएन ।

निर्वाचन समितिले फागुन २१ र फागुन २९ मा गरि प्रकाशन गरेको मतदाता नामावलीमा फर्जि विधार्थीहरुको पनि नाम समावेश गरिएको भन्दै विधार्थी संघसंगठनहरुले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका थिए । मतदाता नामावली छानबिन गरि निष्पक्ष निर्वाचन गराउनु पर्ने माग गर्दै विधार्थीहरु नेताहरु मङगलबार नै अपरान्ह देखि क्याम्पसमा अनसनमा पनि बसेका छन् । उनिहरुको अनसन बुधबार पनि जारी छ ।

सर्वपक्षिय बैठकले स्ववियु निर्वाचन हालका लागि स्थगीत गरि साढे दुइ महिना पछि धकेलेर जेठ १३ मा गर्ने सहमति गरेपछि अनसनामा बसेका विधार्थी नेताहरु थप आक्रोशीत बनेका छन् ।
अनसनमा बसेका नेविसंघका नेता मुनराज तिवारीले स्ववियु निर्वाचन स्थगीत गरि जेठ १३ मा गर्ने सर्वपक्षीय बैठकको सहमति आफुहरुलाई मान्य नभएको बताए । विधार्थीहरुको भविष्यसंग खेलवाड गर्ने काम भएको भन्दै उनले भने,‘ हामी सबै संगठन निर्धारित मितिमै चुनाव हुनु पर्छ भन्ने पक्षमा हुदा हुदै सिडिओ अफिसमा बसेर चुनाव स्थगीत गर्ने सहमति गरेका छन् , त्यो हामीलाई मान्य छैन ।

क्याम्पस प्रमुख , निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले अनसनस्थलमा आएर विधार्थी नेताहरुसंग कुरा नगरे सम्म आफुहरुको आन्दोलन र अनसन जारी नै रहने उनले बताए ।

स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले गत सोमबार प्रकाशन गरेको संशोधित निर्वाचन तालिका अनुसार , मंगलबार मनोनयन पत्र वितरण र बुधबार मनोयन पत्र दाखिलाको कार्यक्रम तय थियो । मतदान भने चैत ८ गते हुने निर्वाचन तालिकामा उल्लेख थियो ।

तर सोमबार निर्वाचन समितिले जारी गरेको ९ हजार ७ सय मतदाताको नामावली प्रति विरोध जनाउदै मंगलबार बिहान विधार्थी संगठनहरुले फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने माग राखेर क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरिदिएका थिए । जसका कारण मंगलबार मनोनयनपत्र वितरण कार्य नै हुन सकेन ।

The post ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,255,Madhes Khabar,255,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,135,राजनीति,76,विजनेश,19,समाचार,45,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति
ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/Thakur-Ram-1.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_15.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_15.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content