स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका

SHARE: 520

मधेसखबर
वीरगन्ज,१०फागुन : वीरगन्ज नाका , अन्र्तराष्ट्रिय व्यपारको मुख्य नाका हो । योसंगै लागु औषध ओसार पसारको लागि पनि यो नाका बदनाम छ । तर पछिल्लो समय वीरगन्ज नाका मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट पनि बन्दै गएको छ ।

वीरगन्ज नाका हुदै हराएका र नाकाबाट उद्धार गरिएकाहरु बारे प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख बढ्दो संख्याले पनि वीरगन्ज नाका मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट बन्दै गएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आर्थिक वर्ष २०७७/०७८ मा ६५ जना महिला ,३१ जना बालक , ९३ बालिका र ७ जना जेष्ठ नागरीक गरी कुल १९६ जना हराएको उजुरी परेको थियो । ती मध्ये ६१ महिला , २९ बालक , ९० बालिका र ७ जना जेष्ठ नागरीक गरी १८७ जना मात्र फेला परेको पर्साका प्रहरी प्रवक्ता नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।यस्तै उतm आर्थिक वर्षमा विभिन्न प्रलोभनमा पारेर सिमा नाका भएर बेचबिखनमा परेका ८५ जना महिला , २२ बालिका र १ गरी कुल १०८ जनालाई प्रहरीले उद्दार गरेको पनि गिरिले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७८/०७९ मा भने जिल्ला प्रहरी कार्यालय पर्सामा १०८ महिला ,१३३ बालिका ,४५ बालक र ४ जेष्ठ नागरीक गरी कुल २९० जना हराएको उजुरी दर्ता भएको थियो । तीमध्ये १०५ महिला , १०८ बालिका , ४३ बालक र ३ जेष्ठ नागरीक गरी कुल २५९ जना फेला परेको प्रहरी तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमै विभिन्न प्रलोभनमा परेर सिमापार बेचविखनमा परेकाहरु मध्ये १११ महिला , ४१ बालिका र ३८ बालक गरी ा १९० जनालाई भारतको विभिन्न स्थानबाट उद्दार गरीएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७९/०८० को पछिल्लो ६ महिना (साउन देखि पुष सम्म )मा मात्रै भारतका विभिन्न स्थानबाट ५९ महिला र १४ बालिका गरी कुल ७३ जनालाई उद्दार गरी नेपाल फर्काइएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।प्रहरीको यो तथ्याङकले पनि वीरगन्ज नाका हुदै बालबालिका, किशोरकिशोरी तथा महिलाहरु रोजगारी वा अन्य प्रलोभनमा परेर बेचिने क्रम बढ्दो रहेको पुष्टि भएको हो ।

मानव तस्करहरुले भारत वा अन्य मुलुकमा बेचबिखन गर्ने उद्देश्य राखेर युवती र किशोरीहरुसंग आफैं विवाह गरेर सीमा पार गराउदै आएको तथ्य पनि बाहिर आएको छ ।सीमा पार गराएपछि भारतको दिल्ली , मुम्बइ लगायतका ठुला शहरमा पु–याएर ती युवती र किशोरीलाई बेचबिखन गरि श्रमशोषण गर्नुका साथै जबरजस्ती अनैतीक कार्यमा लगाउने गरीएको पनि पाईएको मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी सस्थाका प्रतिनिधीहरु बताउछन् ।

वीरगन्जमा संरक्षण नेपालले आयोजना गरेको मधेस प्रदेश क्रस बोर्डर विषयक अन्तक्रिया कार्यक्रममा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधीहरुले वीरगन्ज नाकाबाट मानव बेचबिखनको घटनामा बृद्धि भएको बताए । कार्यक्रममा मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्दै आएका नेपाल र भारतका विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी थिए ।

कार्यृक्रममा संरक्षण नेपाल नामक गैरसरकारी संस्थाले नेपालमा करिब १५ लाख जनसंख्या अर्थात कुल जनसंख्याको ६ प्रतीशत जनसंख्या बेचबिखनको जोखीममा रहेको तथ्याङक प्रस्ुतत गरेको थियो ।

कार्यक्रममा सरकोकारवाला निकायका प्रतिनिधीहरुले वीरगन्ज नाका हुदै बेचबिखनको उदेश्यले भारत पुरयाइएका र त्यहाबाट उद्धार गरिएकाहरुको पछिल्लो तथ्यांकले डर लाग्दो अवस्था देखिएको पनि बताए ।उनिहरुले वेचविखनमा परेकाहरुको उद्दारमा समेत विभिन्न कठीनाइको सामाना गरिरहनु परेको गुनासो पनि गरे ।बेचबिखन विरुद्ध दुवै देशको ऐनमै प्रभावकारी व्यवस्था नभएसम्म बेचबिखनमा परेकाहरुको उद्दारमा कठीनाई भईरहने पनि उनिहरुले बताए ।

नेपालमा महिला तथा बालबालिका बेचबिखन विरुद्धको क्षेत्रमा काम गर्दै आएको संस्था एटवीनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले खुल्ला सिमाको अनुचित फाईदा उठाउदै धेरै नेपाली बालबालिका , किशोरी र महिला मात्र नभई पुरुषहरु पनि बेचविखनमा पर्ने गरेको बताइन् ।उनले भनिन्,‘ तर बेचविखनमा परेका पुरुषहरुको हकमा भने सरकारकै तर्फबाट केहि नसोचिएको छैन , मानव बेचबिखन विरुद्धको सन्धि वा ऐनमा पुरुष भनेर उल्लेख नै गरिएको छैन , जसका कारण उद्दार गरेर स्वदेश फर्काउनै समस्या हुने गरेको छ ।

नेपाल र भारतका संघसंस्थाले मानव बेचबिखन विरुद्धको क्षेत्रमा काम गर्न थालेको झण्डै चार दशक भइसक्दा पनि नेपाल र भारत विच स्वदेश फिर्ती सम्बन्धि द्वीपक्षीय सम्झौता समेत नहुदा समस्या भइरहेको पनि उनले बताइन् ।उनले भनिन्,‘ त्यती मात्र होईन पिडित र उद्धार गरिएकाहरुको हेरचाह तथा संरक्षणका लागि बनाइएको मापदण्ड पनि स्पष्ट छैन , यसबारे विभिन्न कार्यविधी तयार पारेर सुझाव सहित सरकारलाई बुझाएका छौँ , सरकारले दिने जवाफ कुरेर बसेका छौँ” ।

भारत बिहारको जिल्ला बाल संरक्षण कार्यालय मोतीहारीकी सहायक निर्देशक ममता झाले विभिन्न बाहाना र प्रलोभनमा पारेर भारतमा पुरयाइएका नेपालीलाई संघसंस्थाले उद्दार गर्ने प्रयास गरिरहेको भएपनि दुवै देशको निती नियम तथा ऐन नै बाधक बन्ने गरेको बताइन् । उनले भनिन्,‘ यस विषयमा दुवै देश विचको माथिल्लो निकायमै सहकार्यको आवश्यकता छ ।

मानव बेचबिखन विरुद्धकै क्षेत्रमा भारतमा काम गर्दै आएको आशिक प्रोजेक्ट पुर्वी चम्पारणका अभिषेक कुमारले भने , “बेचविखनमा परेका बालबालिकालाई उद्दार गरेर हाम्रो संस्थामा राख्छौ , तर भाषागत समस्याका कारण कतिपय अवस्थामा उनीहरुलाई आफ्नो कुरा सम्झाउन र उनीहरुका कुरा बुझ्न कठीनाई हुने गरेको छ ।यसका साथै उद्धार गरिएका बालबालिका र किशोरीहरुले आफ्नो सहि उमेर र नेपालमा भएको घरको सही ठेगाना समेत नबताउने समस्याले उनिहरुलाई नेपाल फर्काउन कठीनाइ हुने गरेको कुमारले बताए ।

माईती नेपाल वीरगन्जकी गोमा पौडेलले पनि भारतमा बेचबिखनमा परेका नेपालीहरुलाई उद्दार गरी फर्काउन केही हदसम्म सजिलै भएपनि नेपालमा विभिन्न बाहानामा ल्याईएका भारतका बालबालिका , किशोरकिशोरी र महिलाहरुलाई भने नेपालबाट भारततर्फ फर्काउन नेपालकै ऐन बाधक बन्ने गरेको दुखेसो पोखिन् ।

पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले मानबेचविखन विरुद्दको अभियानमा दुई देशबिचको कानुनी जटिलता नै मुख्य समस्याको रुपमा रहेको बताए । उनले माननव तस्करहरुले विभिन्न बाहाना र प्रलोभनमा पारेर नेपालबाट भारतमा बालबालिका , किशोेरकिशोरी ,युवती र महिलालाई लगेर त्यहाका आर्केष्टा , यौन व्यवसाय , होटल , नेटवर्किङ मार्केट इत्यादिमा काम लगाएर श्रमशोषण र यौनशोषण गर्ने गरेको बताए । उनले मानव बेचबिखन विरुद्दको अभियानमा लागेका दुवै देशका संस्था संस्थाहरु बिच होडबाजी गर्नु भन्दा एउटै छाता संगठनको निर्माण गरी एक रुपताले कार्य गर्दा प्रहरी पनि सहकार्य गर्न तयार रहेको उनले बताए ।

The post मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका
मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Birgunj-Border-3.jpg?resize=1024%2C478&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_716.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_716.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content