
मधेसखबर
वीरगन्ज,६फागुन : पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ मा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुदाँ एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साकै सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ एकडरवाका विनय यादवका छोरा १४ वर्षिय दिपेश यादव रहेका छन् ।
मधेस प्रदेश ००६प ५६५८ नम्बरको मोटरसाइकल हरिहरपुर –लंगडी सडकखण्डको नहरको पुलको रेलिङमा ठोक्किर पुल मुनि खस्दा त्यसमा सवार दिपेशको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार राति जगरनाथपुर स्थित नातेदारको घरबाट एकडरवा स्थित घर तर्फ फर्कदै गरेका दिपेश सवार मोटरसाइकल पुल मुनि खसेको थियो ।
दुर्घटना बारे खबर पाएलग्त्रै घटनास्थलमा शुक्रबार राति नै पुगेको इलाका प्रहरी कार्यालय लंगडी र पोखरियाको टोलीले शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको पर्साका प्रहरी प्रवत्तःा प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
The post पर्सामा मोटरसाइकल दुर्घटना हुदा एक बालकको मृत्यु appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया