स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जमा भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोह पक्राउ

SHARE: 520

मधेसखबर
वीरगन्ज,१ फागुन : वीरगन्जमा एक भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ ।भारत बिहारका विशाल कुमार पटेवालाई वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोडबाट माघ २६ गते गत बिहीबार दिउँसै हतियार देखाएर अपहरण गरि उनको साथमा रहेको नगद रकम लुटपाट गरेका ८ जनालाई प्रहरीले पक्राउ गरेको होे ।

गत बिहिवार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेल्वे सडकखण्डबाट उक्त गिरोहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा , वडा नम्बर २४ रामगढवाका विजय महतो , बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ का नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ का मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार , बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएका नातामा मामा पर्ने सुभाष साहलाई गत बिहीबार सापटी दिन भनि ६ लाख ५० हजार रुपैया लिएर आएका बेला बाटोबाटै पटवालाई अपहरणकारीहरुले अपहरण गरेका थिए । उक्त सुचना पाए लगत्तै प्रहरी निरिक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले पछ्याउदै जादा अपहरणकारीहरु पटवाको साथमा रहेको रकम लुटेर वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वामा उनलाइ छाडेर भागेका थिए ।

खोजतलाशका क्रममा उनिहरुलाई गत बिहीबार नै रेल्वे रोडबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक शाहले बताए ।
पक्राउ परेकाहरु यसअघि उक्त गिरोह भारतका विभिन्न आपराधिक घटनामा पनि संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताए । पक्राउ परेकाहरुको साथबाट अपहरणमा प्रयोग गरिएको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगद, ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको गरि ३ वटा मोटरसाइकल पनि बरामद गरिएको गिरिले जानकारी दिए ।

पक्राउ परेका आठै जना विरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

 

The post वीरगन्जमा भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोह पक्राउ appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,116,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जमा भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोह पक्राउ
वीरगन्जमा भारतीयलाई हतियार देखाएर अपहरण गरि लुटपाट गर्ने गिरोह पक्राउ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Giroh-1-.jpg?resize=1024%2C471&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_21.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_21.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content