ग्यासु मिया देवान
बिरगंज / बिरगंज महानगरपालिका अन्तर्गत संस्थागत बिधालयहरुमा शैक्षिक शत्र आ. ब. ०७९/०८० को लागी पुर्ण नि:शुल्क छात्रवृत्तिमा अध्यन प्रयोजनकालागी बिरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंहले आज एक कार्यक्रम गरि छात्रवृत्ति सिफारिस पत्र बितरण गर्नु भएको हो ।
बिरगंज महानगर भित्र १४८ बिधालय रहेकोे र जस मध्य २१९ जना बिद्यार्थीहरुले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको हुन्दा उक्त बिद्यार्थीहरुलाई उच्च भबिस्य निर्णय गर्न र बिरगंज महानगरको नाम रौशन गर्नुहुने बिश्वासको साथ बधाई सहित शुभकामना समेत नगर प्रमुखले व्यक्त गर्नु भएको थियोे ।
बिरगंज महानगरकामा पछाडि परेका दलित, जनजाति, आदिवासी, महिला र जेहेन्दार बिद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न र अभिभावकको मनोबल बढाउन पुर्ण नि:शुल्क छात्रवृत्ति कार्यक्रम गरिएको बताएका हुन ।
छात्रवृत्ति सिफारिसमा परेका बिद्यार्थीहरुलाई मासिक र बार्षिक शुल्क तिर्न नपर्ने सोको सम्पुर्ण खर्च बिरगंज महानगरले ब्यहोर्ने भएको बताए ।
आजको उक्त छात्रवृत्ति सिफारिस कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिंह, बिशिस्ट अतिथि बिरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत लछमी प्रसाद पौडेल, अतिथिहरुमा शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्ण, बिरगंज वडा न.४ का वडाअध्यक्ष जगत साह कानु, नगर प्रमुखको स्वकीय सचिव सत्यराज घिमिरे , विभिन्न बिधालयका बिद्यार्थी तथा शिक्षक, शिझिका र अभिभावकहरुको बिशेश उपस्थितिमा भएको उक्त छात्रवृत्ति सिफारिस कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको बिरगंज महानगरका प्रेस सल्लाहकार महेश दासले जनाएका हुन ।
प्रतिक्रिया