स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु, मेयर सिंहले गरे उद्घाटन

SHARE: 520

मधेसखबर
वीरगन्ज ,०५माघ: वीरगन्जमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साको आयोजनामा बिहीबारदेखि सातौँ संस्करणको प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

आदर्शनगर रंगशालामा आयाेजित प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले वीरगन्जको पहिचान उच्च बनाउने गरी खेलाडीहरुको उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए । उनले खेलाडीहरुको प्रतिभालाई उजागर गराउन खेलकुद प्रतियोगिताहरुको आयोजनालाई बृद्धि गर्नु पर्ने बताउँदै त्यसका लागि महानगरले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा पनि गरे ।

मधेस विश्व विद्यालयका उपकुलपति डा.दिपक शाक्यले शैक्षिक पाठ्यक्रमका साथै अतिरिक्त कृयाकलापलाई पनि सँगै अघि बढाउँदा विद्यार्थीको सर्वाङ्गिण विकाशमा सहयोग पुग्ने बताए ।
उनले खेलकुद तथा अन्य अतिरिक्त कृयाकलाप सिकाईकै माध्यम रहेको बताउँदा यसलाई निरन्तरता दिन विद्यालयहरुलाई आग्रह गरे । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले खेलाडीले खेलबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था बनाउनु पर्नेमा जोड दिए । कुनै विद्यालय सहभागि हुने कुनै नहुने भन्दा पनि खेलमा सबै विद्यालयलाई सहभागिता जनाउन सक्ने गरी आवश्यक सेवा सुविधा उपलब्ध गराउने वातावरण बनाउन सरोकारवालाहरुलाई उनले आग्रह गरे । त्यसका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ सँधै तयार रहेको पनि अध्यक्ष गुप्ताले बताए ।

प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका प्रमुख उमेश चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, हरिदेब खरेल लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागि विद्यालयहरुले मार्च पास गरेका थिए । मार्चपासमा मस्कट एकेडेमी प्रथम हुन सफल भएको छ । सेन्ट जेभियर्स दोस्रो र एमइएस एकेडेमीले तृतीय स्थान हात पारेको छ ।

माघ१४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेल मनकामना मा.वि. र चिल्ड्रेन वल्र्डबीच भएको छ ।

The post प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु, मेयर सिंहले गरे उद्घाटन appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु, मेयर सिंहले गरे उद्घाटन
प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु, मेयर सिंहले गरे उद्घाटन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/IMG-20230119-WA0005.jpg?resize=1024%2C484&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_88.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_88.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content