मधेसखबर
वीरगन्ज ,१४ माघ : वीरगन्जको परोपकारी संस्था उपकार सेवा नेपालले पर्सा र बाराका ५४ जना अपाङगता भएका व्याक्तिहरुलाइ ह्वील चेयर प्रदान गरेको छ ।
शनिबार वीरगन्जको आदर्शनगर स्थित जैन तेरापन्थ भवनमा आयोजित कार्यक्रममा दुवै जिल्लाका गरि ५४ जना अपाङगता भएका व्याक्तिहरुलाई १÷१ थान ह्वील चेयर प्रदान गरिएको हो ।
आर्थिक रुपमा विपन्न रहेका शारिरिक अपाङगता भएकाहरुलाई जिवनयापनमा असहजता भएपछि उनिहरुलाई वीरगन्जमा बोलाएर उपकार सेवा नेपालले ह्वील चेयर प्रदान गरेको संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीले बताइन् ।
जिल्लामा अपाङगता भएका व्याक्तिहरुको संख्या धेरै नै भएपनि आर्थिक रुपमा विपन्न रहेकाहरुलाई छनौट गरि आवश्यकताका आधारमा उनिहरुलाई ह्वील चेयर प्रदान गरिएको उनले बताइन् ।
कार्यक्रममा समाज सेवामा योगदान पुरयाउने युवा अभियन्ता ओमप्रकाश सर्राफ सहितका व्याक्तिहरुलाई संस्थाको तर्फबाट कदरपत्रले सम्मानित पनि गरिएको थियो ।
संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीको अध्यक्षता तथा वरिष्ठ उद्योगपति बाबुलाल चाचानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योगी अशोक वैद्य , सामाजिक अभियन्ताहरु प्रकाश थारु र अनिषकान्त कुशवाहा , संस्थाका सदस्यहरु सज्जन अग्रवाल , सुमन बगेडिया लगायतको पनि सहभागिता थियो ।
The post वीरगन्जमा ५४ जना अपाङगता भएका व्याक्तिहरुलाइ ह्वील चेयर सहयोग appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया