Menu

आजको मौसम

मानव तस्करी रोधी इकाई छेत्रीय मुख्यालय एसएसबी रक्सौलद्रारा मानव तस्करीको शिकार भएकी नेपाली महिलाको जम्मूबाट सकुशल उद्धार ।

Author
Crime News |
January 17, 2023
Featured

 ग्यासु मिया देवान 

बिरगंज / रक्सौल , नेपाली महिलाको परिवारले नेपाल प्रहरीको सहयोगमा भारतको रक्सौलमा रहेको मानव तस्करी रोधी इकाई एएचटीयू (क्षेत्रक मुख्यालय) 47वीं वाहिनी रक्सौलले उक्त ६ महिनादेखी हरायोको नेपाली महिलालाई भारतको जम्मुबाट सकुशल उद्धार गरिएको मानव तस्करी रोधी इकाई कार्यालय रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।


 हराएकी नेपाली महिलाका परिवारले बारम्बार नेपाल प्रहरी सङ खोजतलास गरिदिनु अनुरोध गर्दा सफलता पाउन नसकेको हुन्दा उक्त परिवारहरुले भारतको मतोहारी प्रहरी सङ सम्पर्कमा मानव तस्करी रोधक इकाई छेत्रीय मुख्यालय रक्सौलका प्रमुख प्रहरी निरीक्षक मनोज कुमार शर्माको कमान्डमा खटिएको प्रहरीटोलिले जम्मुका प्रहरीको सहयोगमा उक्त हराएको नेपाली महिलालाई सकुशल उद्धार गरिएको परिवार जनले बताएका हुन ।


उक्त नेपाली महिलाले ६ महिना पहिला आफ्नो घरबाट सुन र चादिका गरगहना लगायत रुपैया समेत लिएर फरार भएको र मानव तस्करको जालमा फसिसकेको अवस्थामा धेरै कसरत र बिशेश सूचनाको अधारमा उक्त नेपाली महिलालाई मानव तस्करहरुको चुङ्लबाट छुट्काडा पारिएको भारतीय प्रहरीहरुको भनाइ छ ।


उक्त नेपाली महिलालाई सामाजिक संजाल मार्फत एक ब्याक्तीले साथी( दोस्ती ) बनाइएको र झुठो प्रलोभन दिएर भारत लगिएको थियोे र सो महिलालाई बन्धक बनाइ राखिएको भारतीय प्रहरीको अनुश्न्धानबाट खुलेको हो ।


पीडित महिलाको श्रीमानले भारतीय सिमा सुरक्षा बल ( SSB ) को युनिट मानव तस्करी रोधी इकाई छेत्रीय मुख्यालय रक्सौलका प्रमुख प्रहरी निरीक्षक मनोज कुमार शर्मा सङ सम्पर्क गरि आफ्ना दुखेसो पोखेका थिए र उनको श्रीमतिले मोबाइलबाट म्यासेज गरि उद्धार गराइदिनु बन्ने अनुरोध गरेकी थिइन र उक्त महिलालाई घरभित्र राखिएको र स्थान ठेगाना समेत थाह नभएको हुन्दा मोबाइलको लोकेशन ट्रेक गरि भारतको जम्मुमा बन्धक बनाइ राखेको अवस्थामा पक्राउ गरि उक्त नेपाली महिलालाई उद्धार गरिएको हो ।


मिशन मुक्त फाउन्डेसन र जम्मु प्रहरीको बिशेश सहयोगमा एएचटीयूको प्रहरी निरीक्षक मनोज कुमार शर्माको कमान्डमा खटिएको टोलिले नेपाली महिलालाई उद्धार गर्न सफल भएको स्थानीयहरुले बताएका छन ।




यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3