स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

धनुषाका ५ वटा अवैध  क्रसर  शिल

SHARE: 520

२४ पुस, जनकपुरधाम । धनुषामा मापदण्ड विपरीत सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगलाई  शिल गरिएको छ । संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग उद्योगमा शिल गरेको हो ।

बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको धनेश्वर क्रसर उद्योग र श्रीपुर गाविस–३, महोत्तरी बस्ने विनोद साहले धनुषाको मिथिला नगरपालिका–९ मा सञ्चालन गरेको सुमित क्रसर उद्योगमा शिल गरिएको हो ।

सरपल्लो गाविस–४, महोत्तरी बस्ने रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको जय बजरंग बालुवा प्रशोधन उद्योग, धनुषाको बेंगाडावर–६ बस्ने बिजय शर्माले मिथिला नगरपालिका–३, हरिहरपुरमा सञ्चालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र धनुषाको जनकपुर–१३ बस्ने शिवजी साह र जनकपुर–२१ बस्ने महादेव साहले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–३ मा सञ्चालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योगमा शिल गरिएको अनुगमन टोली संयोजक समेत रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

क्रसर उद्योगहरुले नवीकरण नगराएको, नदी नालाको छेउमै उद्योग सञ्चालन गरेको, मानव बस्तीमा असर पारेको एवं बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन पारित नगराएको लगायतका न्युन्तम मापदण्ड समेत पालना नगरेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए ।

आइतबार अनुगमन गरिएको ५ वटै क्रसर तथा बालुवा वासिङ्ग उद्योगहरु मापदण्ड विपरीत पाइएको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको उनले बताए ।

धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ्ग उद्योग दर्ता भए पनि अधिकांश उद्योगले नवीकरण नगराएको तथा कुनै पनि क्रसर उद्योगले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय, धनुषाको तथ्यांकले देखाएको छ ।

गृह मन्त्रालयले केही दिन पूर्व ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा वासिङ्ग उद्योगलाई कारबाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समितिले धनुषाले सक्रिय भएको छ ।


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: धनुषाका ५ वटा अवैध  क्रसर  शिल
धनुषाका ५ वटा अवैध  क्रसर  शिल
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_68.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_68.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content