ग्यासु मिया देवान
बिरगंज / बीरगंज स्थित भारतकाे महावाणिज्य दूतावास द्वारा जनवरी २६, २०२३ मा भारतको महावाणिज्य दूतावास परिसर भित्र भारतको ७४औँ गणतन्त्र दिवस मनाइएको छ ।
आजको उक्त कार्यक्रम भारतीय राष्ट्रिय झण्डा फहराएर तथा भारतीय राष्ट्रिय गान गाएर सुरु गरिएको उक्त कार्यक्रममा महावाणिज्य दुत कन्सुलर जनरल श्री नितेश कुमार ज्युले भारतका सम्माननिय राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियोे।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका मुख्यमन्त्री तथा महावाणिज्य दूत ज्युहरुले संयुक्त रुपमा तिरंगा रंगमा रंगिएका बैलुन आकाशमा उडाउनु भएका थियोे ।
मधेस प्रदेशका सरकारका माननीय मुख्यमन्त्री सरोज कुमार यादव ज्युले आफ्नो बधाई मन्तव्यमा नेपालको विकास निर्माणमा भारत सरकारको ठूलो सहयोगका लागि धन्यवाद दिँदै नेपाल र भारतबीचको चिरस्थायी सांस्कृतिक र परम्परागत सम्बन्धबारे उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा बीरगंज र जनकपुर लगायतका ११ विद्यालयका विद्यार्थीहरूले भारतीय देशभक्ति गीत र नृत्यमा मंत्रमुग्ध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम कतिपय विद्यालयहरुले सामाजिक मुद्दामा साना स्किट/नाटक प्रस्तुत गरेका थिए भने एउटा प्रस्तुति युद्धमा शहीद भएका जवानहरु प्रति श्रद्धाञ्जली थियो ।
आजको उक्त भारतको ७४ औ गणतन्त्र दिवस कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पुर्ब मन्त्रीहरु, उधोगपती ब्यवसायी, लगायत विभिन्न राजनीतिक दलका नेता,समाजसेवि, बुद्धिजीवी,नेपाल भारतका सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीय सर्वसाधारणहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
विभिन्न विद्यालयका शिक्षक/ प्रिन्सिपल, विद्यार्थी, महावाणिज्य दूतावास बिरगंजका पदाधिकारी/ कर्मचारीहरु र उनीहरुको परिवार लगायत समाजका सबै वर्गका करिब चार सयको सहभागीता भारतको ७४ औ गणतन्त्र दिवस समारोह निकै उत्साहजनक सहभागितामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया