बिरगंज / विमान दुर्घटनामा परेर ज्यान गुमाएका स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको १३ औ दिनको पुण्यतिथिमा आज दिप प्रजवलन भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा घण्टाघर चोकमा पत्रकार पौडेलको १३ औ दिनको पुण्यतिथिमा दिप प्रजवलन भएको हो ।
दिपप्रज्वलनको क्रममा सहभागी वतmाहरुले नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका स्वर्गीय पत्रकार पौडेल जस्ता देशको उर्जावान पत्रकार गुमाएकाले दुख व्यक्त गरेका थिए । उनीहरुले स्वर्गीय पत्रकार पौडेलको सम्झनामा सधैभरी नेपाली पत्रकारितामा रहि रह्ने बताएका थिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको दिपप्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसी लामिछाने , नेपाल पत्रकार महासंघ पर्साका पुर्वअध्यक्ष शत्रुघन नेपाल , अशोक तिवारी , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , कोषाध्यक्ष संजीव मिश्रा , सदस्यहरु तिवारी यादव ,श्याम कुशवाहा सहितका पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया