मधेसखबर
वीरगन्ज,३०पुसः पर्साको छुट्टाछुट्टै स्थानबाट प्रहरीले तस्करीको गिट्टी बालुवा ढुवानी गर्ने पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोलीले पटेर्वासुगौली गाउँपालिका अन्तर्गत पर्ने गादी खोलाबाट बालुवा लिएर जाँदै गरेको अनटेस्ट नम्बर प्लेट भएको ट्याक्टर सहित चालक पटेर्वासुगौली गाउँपालिका २ मकवानीटोलका रोहबर माझीलाई पक्राउ गरेको छ ।
यस्तै शनिबार नै वीरगन्ज महानगरपालिका अन्तर्गत पर्ने भेडाहा खोलाबाट पनि प्रहरी चौकी मिलनचोकको टोलीले बालुवा लोड गरि जाँदै गरेका ना ४ त २५२९ र ना ६ त १७५९ नम्बरका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । यस्तै जिराभवानी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने ओरिया खोलाबाट पनि शनिबार नै प्रहरीले गिट्टी बालुवा लोड गरिएका ना ७ त ८५८ र ना ७ त ५५७९ नम्बरका दुइ वटा ट्याक्टर इलाका प्रहरी कार्याालय सेढवाले नियन्त्रणमा लिएको छ ।
The post पर्सामा तस्करीको गिट्टी बालुवा ढुवानी गर्ने पाँच वटा ट्याक्टर सहित एक जना पक्राउ appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया