
वीरगन्ज, १४ माघ : चोरीको चुरोट खरिद गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–३ का वडाध्यक्ष मोहन साह कानुलाई शुक्रबार दिनभर नियन्त्रणमा लिएर बेलुका रिहा गरेको छ ।
वडाध्यक्ष साहले छोराको नाममा पसल रहेको बयान दिएपछि प्रहरीले उनका २७ वर्षीय छोरा अमनप्रसाद गुप्तालाई नियन्त्रणमा लिइ वडाध्यक्ष साहलाई हाजिरी जमानीमा रिहा गरेको हो ।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चोरीमा संलग्न एक बालक पक्राउ परेपछि उनले दिएको बयानको आधारमा वडाध्यक्षलाई सोधपुछका लागि नियन्त्रणामा लिइएको थियो । तर वडाध्यक्ष साहले छोराको नाममा पसल दर्ता भएको पाइएपछि उनका छोरा गुप्तालाई नियन्त्रणमा लिएको हो ।
एक लाख मूल्य पर्ने २ कार्टुन चोरीको चुरोट खरिद गरेको प्रहरीको आरोप छ । वडाध्यक्ष साहको कलैयामा पसलको गोदाम छ । त्यही गोदाममा प्रहरीले छापा मार्दा चुरोट बरामद भएको हो । पक्राउ परेका नाबालकले बयान दिएपछि गोदाममा प्रहरीले छापा मारेको थियो । साभारः कान्तिपुर
The post चोरीको चुरोट किनेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा, छोरा प्रहरी नियन्त्रणमा appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया