स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सामा प्रहरीको ज्यादति : दलितले पालेका भैंसी तस्करीको भन्दै पक्राउ गरि लिलाम

SHARE: 520

मधेसखबर
वीरगन्ज,१२ माघ : पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ शान्तिटोल सुकुम्बासी दलितले पालेको भैंंसी भारतबाट तस्करी गरि ल्याएको भन्दै प्रहरीले पक्राउ गरि लिलाम गरेको छ ।

शान्तिटोल दलितले पालेको १२ वटा भैंसी गत मंगलबार गाँउ नजिकको जंगलमा चराउन लगेका बेला हराएका थिए । जंगलमा हराएका भैंसी त्यहि राति छिमेकको हरैया र सखुवनीया फेला परेपछि प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएर बुधबार साँझ जरबजस्ति लिलाम गरेपछि भैंसी पालक किसान र स्थानीयले प्रतिवाद गरेका थिए । त्यसक्रममा शान्तिनगरका स्थानीय र प्रहरी बिच झडप समेत भएको थियो ।

झडपका क्रममा प्रहरी चौकी हरैयामा हुलहुज्जत र ढुंगामुढा गरेको भन्दै प्रहरीले ७ जना स्थानीयलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । पक्राउ पर्नेहरुमा शान्तिटोलका दील बहादुर श्रेष्ठ , तिलक श्रेष्ठ , अशोक साह , सुमन साह कलवार , बिहारी दास , राजेन्द्र पासवान र सोहन पासवान रहेका छन् ।

प्रहरीले वीरगन्ज भन्सारका कर्मचारी मार्फत १ लाख २० हजार रुपैयामा लिलाम गरेका भैंसीहरु ठेकेदारले कबोल गरि लगिसकेका छन् ।प्रहरीले भारतबाट तस्करी गरि ल्याएका भैसी नियन्त्रणमा लिएको बताएपनि स्थानीयले भने दलितहरुले पालेको भैंसी प्रहरीले जबरजस्ति नियन्त्रणमा लिएर लिलाम गरेको दाबी गरेका छन् ।

शान्तिटोलका भूमीहिन दलितले अँधीयामा लिएर पालेका भैंसी जंगलमा चराउन लगेका बेला हराएको र पछि छिमेकको गाँउमा फेला परेपछि प्रहरीले तस्करीको भनेर पक्राउ गरि लिलाम गरेको शान्तिटोलका स्थानीय राम प्रवेश साहले बताए ।

साहका अनुसार , रामनाथ पासवानका २, जोगिन्दर पासवानका ३, रामा पासवानका ३ , धर्मराज पासवानका १, गोविन्द पासवानका १ र बन्धु पासवानका २ वटा गरि कूल १२ वटा भैंसी प्रहरीले पक्राउ गरि लिलाम गरेको हो ।

साहका अनुसार , जंगलमा चराउन लगेका १२ वटा भैंसी मध्ये ९ वटा भैंसी मंगलबार राति छिमेकको हरैया गाँउको १६ बिगाहाको खेतमा र ३ वटा भैंसी सखुवनीया गाँउमा फेला भेटिएका थिए । त्यसपछि प्रहरी चौकी हरैयाका प्रहरीले ती भैंसी तस्करीको भनेर प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकीमा बुधबार लगेर राखेका थिए ।

भैंसी धनीहरुले प्रहरीले नियन्त्रणमा लिएका भैंसी आफनो रहेको भनेर माग्न् प्रहरी चौकीमा बुधबार जाँदा प्रहरीले भन्सारका कर्मचारी बेलाएर लिलाम गर्न थालेपछि स्थानीयले प्रतिवाद गरेका थिए । स्थानीयले लिलाम प्रकृयामा अवरोध गर्न खोजेपछि प्रहरी चौकी हरैयामा बुधबार राति १० बजे सम्म तनाव भएको थियो । प्रहरीले जबरजस्ति लिलाम गरेपछि रोक्न खोज्दा आफुहरु माथि लाठी चार्ज पनि गरेको साहले बताए ।

सदरमुकाम वीरगन्जबाट थप प्रहरी बोलाएर भैंसीहरु गाडीमा राखेर लिलाम सकारेका ठेकेरदारको जिम्मा लगाएर वीरगन्ज पठाएको साहले बताए ।
साहले लिलामी प्रकृयाको मुचुल्कमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षकले स्थानीयलाई जबरजस्ति हस्ताक्षर गर्न लगाएको पनि बताए ।

गाँउकार्यपालिका सदस्य सरोज चौरसियाले प्रहरीले जनता माथि ज्यादती गरेको बताए । दलितले आफनो जिविकोपार्जनका लागि पालेको भैंसी प्रहरीले तस्करीको भनेर पक्राउ गरि लिलाम गरेको उनले बताए । उनले भने ,‘ त्यहाका वडाअध्यक्ष दारा सिंह राउत आफै प्रहरी चौकीमा गएर भैंसीहरु तस्करी नभइ दलितले पालेका भैंसी हुन् भनेर जमानी बस्न तयार हुदाँ पनि प्रहरीले सुनेन ,उल्टै लाठी चार्ज गरेर भैंसी लिलाम गरायो , यो घोर ज्यादती हो ।

प्रहरीको ज्यादती बारे प्रदेशसभा सदस्य शंकर चौधरी ,गाँउपालिका अध्यक्ष अनोज चौधरी सहितको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर ध्यानाकर्षण गराउने तयारी भइरहेको चौरसियाले जानकारी दिए ।

पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरिले भने व्यपारीले तस्करी गरि भारतबाट ल्याएका भैंसी प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले तस्करीको भैंसी बरामद गरिएपछि वीरगन्ज भन्सारका कर्मचारी प्रहरी चौकी हरैयामै बोलाएर जिम्मा लगाएको र कर्मचारीले लिलाम गरेको बताए ।
गिरिले भने ,‘ गाँउलेले आफुले पालेको भैंसी भनेका थिए , तर ती भैंसी सबै एउटै उमेर समुहका छन् ,त्यसकारण र्ती भैंसी गाँउलेले पालेको नभइ तस्करी गरि भारतबाट ल्याइएका हुन् , त्यही भएर लिलाम गरेका हौं ।

प्रहरी चौकीमा हुलहुज्जत गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक सोधपुछ गरिरहेको पनि गिरिले बताए ।

The post पर्सामा प्रहरीको ज्यादति : दलितले पालेका भैंसी तस्करीको भन्दै पक्राउ गरि लिलाम appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,39,Madhes Khabar,39,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,131,राजनीति,76,विजनेश,19,समाचार,31,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: पर्सामा प्रहरीको ज्यादति : दलितले पालेका भैंसी तस्करीको भन्दै पक्राउ गरि लिलाम
पर्सामा प्रहरीको ज्यादति : दलितले पालेका भैंसी तस्करीको भन्दै पक्राउ गरि लिलाम
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/1.Birgunj-10-12.jpg?resize=1024%2C450&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_123.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_123.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content