
वीरगन्ज ,२० मंसिर : मंसिर ४ मा सम्पन्न निर्वाचनमा चुनाव लडेका उम्मेदवारहरुले निर्वाचन आयाेगमा आ आफनाे चुनावी खर्चकाे विवरणा बुझाउने क्रम जारी छ ।
यसै क्रममा डडेल्धुराबाट प्रतनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवाले पनि आफुले चुनावमा गरेकाे खर्च विवरण निर्वाचन आयाेगमा बुझाएका छन् ।
डडेल्धुराका प्रत्यक्ष तर्फका २० उम्मेदवार मध्ये देउवा सहित १४ जनाले खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।
देउवाले चुनावमा ९ लाख ४५ हजार ५ सय रुपैयाँ खर्च भएकाे विवरण बुझाएकाे जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएकाे छ । जसमा मन्च व्यवस्थापनमा २ लाख ३० हजार रुपैया र अन्यमा ७ लाख १५ हजार ५ सय रुपैयाँ खर्च भएकाे देउवाले बुझाएकाे विवरणमा उल्लेख छ ।
यस्तै नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार रुपैयाँ निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन । यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।
The post प्रधानमन्त्री देउवाकाे चुनावी खर्च ९ लाख ४५ हजार रुपैयाँ मात्रै appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया