मधेसखबर
वीरगन्ज,२४ मंसिर : पर्साको पोखरिया नगरपालिकामा शनिबार सूचना व्यवस्थापन प्रणाली–विपद् पोर्टलको विपद् तथा जलवायू उत्थानशील योजना (एलडि सिआरपी) बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विपद् व्यवस्थापन समिति र पोखरिया नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन मेयर प्रधुमन चौहानले गरेका थिए ।गृह मन्त्रालयको संयोजनमा विभिन्न ११ वटा मन्त्रालय र विभागहरुको सहकार्यमा निर्माण गरिएको पोर्टलमा विपद् सम्बन्धि सूचना तथा जानकारीहरू समावेश गरिएको छ ।
कार्यक्रममा मेयर चौहानले पोखरीया नगरपालिकाले अबका दिनमा विपद् सम्बन्धी योजनाहरूको कार्यान्वयनलाई थप प्राथमिकता दिने प्रतिबद्धता जनाए ।पोखरिया नगरपालिकामा सन् २०११ देखि हालसम्म भएको विपद्का घटनाहरुको विस्तृत विवरण पोर्टलमा राखिएको तथा आगामी दिनमा यस पोर्टललाई अझ अद्यावधिक गर्दै लगिने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले जानकारी दिए ।
The post पोखरियामा विपद् सम्बन्धी योजनालाई थप प्राथमिकता दिने मेयर चौहानको प्रतिबद्धता appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया