Menu

आजको मौसम

साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

Author
Crime News |
December 21, 2022
Featured

 बिरगंज / सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित रहेको आईडियल एकेडेमी स्कुलमा साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।






उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई,को अध्यक्षतामा, वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि. विशाल मल्लको प्रमुख अतिथ्यता तथा सहजीकरणमा, वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजामको विशिष्ट अतिथिमा सम्पन्न भएको छ । वालवालिकामा सामाजिक संजाल तथा विभिन्न इन्टरनेटको माध्यमबाट पर्न गएको असर तथा सोको रोकथाम सम्बन्धी विभिन्न भिडियो, फोटोको माध्यमले जानकारी गराइएको थियो ।



अतिथीमा सामुदायिक सेवा केन्द्र छपकैया-२ का संरक्षक श्री श्याम शर्मा ज्यू, माईती नेपालका शाखा प्रमुख श्री गोमा पौडेल ज्यु,विद्यालयका प्र.अ. श्री शौकत अलि ज्यू, बिशाल राई ज्युको अतिथी, सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारिर कोषाध्यक्ष प्रेम कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह,सदस्य अब्दुल कैश सामुदायिक प्रहरीका प्र.स.नि.काम बहादुर गुरुङ्ग प्र.ह.देवेन्द्र कुमार पटेल लगायतको उपस्थित रहेको थियो ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3