स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचना दिने कार्यलाई सहज बनाउन निर्वाचन आयोगद्वारा ६ बुँदे निर्देशन

SHARE: 520


मधेसखबर
मंसिर ३ गते वीरगञ्ज :

निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचना दिने कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ ।

त्यसको कार्यान्वनका लागि सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगले प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारलाई सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउन र त्यसको लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ ।

यस्तै मतगणना कार्यको शुरूवातमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्न तथा मतगणनाको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।

मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउन पनि निर्देशनमा भनिएको छ ।

आयोगले मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न नगराउन सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ ।

यसैगरी निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने समेत निर्णय गरेको जनाएको छ ।

मतगणनाको सुरुआतमा एक पटक वा पालो मिलाएर पत्रकार तथा सञ्चारमाध्यमलाई गणना स्थलको भिडियो र फोटो लिने व्यवस्था मिलाउने समेत आयोगले बताएको छ ।

The post निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचना दिने कार्यलाई सहज बनाउन निर्वाचन आयोगद्वारा ६ बुँदे निर्देशन appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,115,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचना दिने कार्यलाई सहज बनाउन निर्वाचन आयोगद्वारा ६ बुँदे निर्देशन
निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचना दिने कार्यलाई सहज बनाउन निर्वाचन आयोगद्वारा ६ बुँदे निर्देशन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/294323030_347968654193136_7062720549341889383_n.jpg?resize=1400%2C779&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2022/11/blog-post_98.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2022/11/blog-post_98.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content