ग्यासु मिया देवान
बिरगंज / पर्साको छेत्र न.२ मा घरदैलो कार्यक्रम तिब्ररुपमा भैरहेको छ । पाचदलिय सता गठबन्धन नेपाली काग्रेस र लोसपाका उमेदवारहरुले सयुक्तरुपमा घरदैलो गरिरहेका हुन ।
पर्सा जिल्ला निर्वाचन छेत्र न.२ का प्रतिनिधि सभा सदस्य नेपाली काग्रेसका उमेदवार अजय चौरसीया को लोकप्रियता बढीरहेको स्थानीय मतदाताहरुले बताए ।
निर्वाचन छेत्र न.२ को (ख) बाट प्रदेश सभा सदस्य उमेदवार लोसपाका नेता रमेश प्रसाद कुर्मीको चर्चा उक्त छेत्रमा व्यापक हुन थालेको छ् ।
त्यसैगरि नेपाली काग्रेसका प्रदेश सभा सदस्य (क) का युवा उमेदवार श्याम पटेल उक्त एरियामा चर्चित युवा नेताको रुपमा पहिचान जमाएका हुन ।
तिनैजना नेताहरु सयुक्तरुपमा घरदैलोमा ब्यस्त रहेको र यसपालीको निर्वाचनमा आम स्थानीय मतदाताको रुझानमा पर्न सफल भएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।
स्थानीय जनताको सेवामा दिन रात खटिने र बिकास प्रेमी नेताहरुले स्थानीय मतदाताको मन जित्न सफल रहेको आम स्थानीय मतदाताहरुले प्रसंशा गर्न थालेका हुन ।
प्रतिक्रिया