मधेसखबर
वीरगन्ज, १६ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन जसपाका महिला नेतृ र कार्यकर्ताहरुले पनि मतदातासंगको भेटघाटलाई निरन्तरता दिएका छन् ।
समाजवादी महिला संघको मधेस प्रदेश उपाध्यक्ष पिंकी यादवको अगुवाइमा महिला नेता कार्यकर्ताहरुले दिनहु घरदैलो गर्दै मतदातालाई भेटेर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारका लागि मत मागिरहेका छन् ।
यसैक्रममा बुधबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा जसपाका महिला नेतृ र कार्यकर्ताहरुले घरदैलो गर्दै मतदातासंग भेटेका छन् । मतदातासंगको भेटघाटमा उनिहरुले मधेसका लागि मरिमेट्दै आएका जसपाकै कारण मधेसी , महिला , दलित , मुस्लिम लगायतले पहिचान र अधिकार पाएकाले जसपा नै मधेसको सच्चा पहरेदार भएको बताए ।
पर्सा १ मा जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव , मधेसका महिलाहरुको हक अधिकारको पक्षमा सडक देखि सदन सम्म आवाज उठाउने नेता भएको भन्दै जसपाका नेतृहरुले यसपालि फेरि यादवको जित आवश्यक रहेको बताए । यादवले फेरि जिते मात्रै मधेसका महिलाहरुको हक अधिकार सुनिश्चित हुने भन्दै उनिहरुले आफनो मत जसपालाई दिएर यादवलाई जिताउन आग्रह पनि गरे ।
समाजवादी महिला संघको मधेस प्रदेश उपाध्यक्ष पिंकी यादवको अगुवाइमा भएको घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर , पिंकी सिंह , प्रेरणा श्रेष्ठ लगायतको सहभागीता थियो ।
The post पर्सा १ मा प्रदीप यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया