मधेसखबर
वीरगञ्ज , मंसिर २७ गते :प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल–भारत सीमा ७२ घण्टा अगावै बन्द हुने भएको छ ।
दुबै देशका सुरक्षा अधिकारी सहभागी सीमा सुरक्षा समन्वय समितिको बैठकले निर्वाचन भन्दा ७२ घण्टा अघि सीमा नाका बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
दुबै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसार पसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा पनि बैठकमा बृहत् छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकमा अवैध कारोबार नियन्त्रणसम्बन्धी र कारोबार सम्बन्धी गोप्य सूचनाहरु पनि दुबै देशका सुरक्षा अधिकारीहरुले आदानप्रदान गरेका थिए । दुबै देशले संयुतm रणनीति बनाएर यस्ता गतिविधि नियन्त्रण गर्ने सहमति पनि गरेको जनाईएको छ ।
The post मंसिर ४ को निर्वाचन भन्दा ७२ घण्टा अगावै सिमा नाका बन्द गरिने appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया