Menu

आजको मौसम

एसिया कप राइजिङ स्टार प्रतियोगिताका लागि नेपाली टोली घोषणा

Author
News Feed |
November 15, 2026
Featured

काठमाडौँ- एसीसी पुरुष एसिया कप राइजिङ स्टार प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, देव खनाल, सन्दीप जोरा, अविशेष गौतम, ईशान पाण्डे र राशिद खान छन्।

एसिया कप राइजिङ स्टार प्रतियोगिता आउँदो मंसिर ३ देखि १३ गतेसम्म कतारको दोहामा हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल रहेको समूह ‘बी’मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्। त्यस्तै, समूह ‘ए’मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।

नेपालको पहिलो खेल मंसिर ४ गते भारत ‘ए’सँग खेल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3