Menu

आजको मौसम

हवाई फायर गरी आधुनिक हतियारसहित दुई जना नियन्त्रणमा, अटो रिक्सा पनि बरामद

Author
crime news |
November 14, 2026
Featured

 बीरगञ्ज / मकवानपुरमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले हवाई फायर गरी आधुनिक हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।



मिति २०८३ साल कात्तिक २८ गते बिहान करिब ११:४० बजेको समयमा अवैध सामान ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुवर्ण थापाको कमान्डमा खटिएको विशेष टोलीले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित तिरतिरे धारानजिक निगरानी गर्ने क्रममा ना.प्र. ०३-००१ ह ११८१ नम्बरको अटो रिक्सा शंकास्पद अवस्थामा फेला पारेको थियो।



टोलीले अटो रिक्सा रोक्न खोज्दा त्यसमा सवार एक व्यक्तिले सुरक्षाकर्मीमाथि फायर गर्न खोजेपछि आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।


नियन्त्रणमा पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६, नयाँबस्ती निवासी आमिर भन्ने सुनबहादुर तामाङ र सोही स्थानका अटो चालक विश्वराज मोक्तान रहेका छन्।


उक्त टोलीले उनीहरूको साथबाट ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल, एक राउन्ड गोली, एक थान म्यागजिन तथा तीन थान एन्ड्रोइड मोबाइल बरामद गरेको छ। साथै, ना.प्र. ०३-००१ ह ११८१ नम्बरको अटो रिक्सा समेत नियन्त्रणमा लिइएको छ।


बरामद हतियार तथा अन्य सामानसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेटौंडामार्फत नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाइएको छ।


यस घटनाले मकवानपुर क्षेत्रमा अवैध हतियार तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायको सक्रियता बढेको देखाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3