Menu

आजको मौसम

लागूऔषध दुर्व्यसनविरुद्ध गौरमा युवाहरूको र्‍याली, नशामुक्त समाज निर्माणमा जोड

Author
News Feed |
November 11, 2026
Featured

रौतहट, कार्तिक २५ –

लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले रौतहटको गौरमा युवाहरूले भव्य र्‍याली तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

Gen-Z युवा क्लब, रौतहटको आयोजनामा तथा रौतहट Gen-Z को सहयोगमा भएको र्‍याली गौरस्थित बीपी चोकबाट सुरु भई प्रहरी चौकी, फरेन गेट र भन्सार क्षेत्र परिक्रमा गर्दै पुनः बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागी युवाहरूले ‘नशामुक्त समाज निर्माण गरौँ’, ‘No Drugs’ र ‘Bye Bye Drugs’ लगायतका नारा लगाउँदै लागूऔषधविरुद्ध एकजुट हुन आह्वान गरेका थिए ।

कार्यक्रममा सामाजिक अभियन्ता सन्तोष पौडेलसहित विभिन्न युवा तथा समाजसेवीहरूको सहभागिता रहेको थियो । कोणसभामा वक्ताहरूले लागूऔषध दुर्व्यसनले युवा, परिवार र समाजमा पारिरहेको नकारात्मक असरबारे चर्चा गर्दै यसको नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संयोजक शैलेन्द्र यादवका अनुसार युवापुस्तालाई कुलतबाट जोगाउने र स्वस्थ तथा सभ्य समाज निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । युवाहरूको सक्रियताले लागूऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने विश्वाससमेत व्यक्त गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3