Menu

आजको मौसम

घडिअर्वा छठघाटमा सुरक्षा व्यवस्था कडा : २४ सै घण्टा प्रहरी परिचालन हुने

Author
News Feed |
November 13, 2026
Featured

वीरगंज , कार्तिक २७ –

वीरगंजको प्रसिद्ध घडिअर्वा पोखरी छठघाटमा छठ पर्वका अवसरमा व्रतालु तथा भक्तजनको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ।

छठ पूजाका लागि देशभरबाट १ लाख ५० हजारभन्दा बढी व्रतालु तथा भक्तजन पुग्ने अनुमान गरिएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले जनाएको छ।

शुक्रबार समितिले आयोजना गरेको बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षा निकायका प्रमुखहरूले सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी दाहालले भीड व्यवस्थापन तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने बताए।

यस्तै, प्रहरी उपरीक्षक पवन भट्टराईले छठघाटमा २४ सै घण्टा प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी निगरानीका लागि छुट्टै कन्ट्रोल रुम स्थापना गरिने जानकारी दिए।

सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले जलाशयको सुरक्षाका लागि मोटरबोटसहितको टोली र महिला सुरक्षाकर्मी परिचालन गरिने बताए।

छठघाट परिसरमा २० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ भने घडिअर्वा स्पोर्ट्स क्लबका ६० जना स्वयंसेवकसमेत परिचालन गरिनेछ। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै एम्बुलेन्स, दमकल र प्राथमिक उपचार शिविरको व्यवस्था पनि गरिने समितिले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3