Menu

आजको मौसम

आईपीएलमा ठूलो खेलाडी अदलबदल, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

Author
News Feed |
November 11, 2026
Featured

पर्सा , कार्तिक २५ –

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को सिजनअघि मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच प्रमुख खेलाडीको अदलबदल भएको छ। मुम्बईका कप्तान हार्दिक पाण्ड्या पञ्जाब पुगेका छन् भने तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बईमा आबद्ध भएका छन्।

आईपीएलको प्रेस विज्ञप्तिअनुसार हार्दिक १८ करोड भारतीय रुपैयाँमा पञ्जाब पुगेका हुन्। अर्शदीप भने १८ करोड रुपैयाँकै पारिश्रमिकमा मुम्बई आएका छन्।

सन् २०२४ देखि मुम्बईको कप्तानी गर्दै आएका हार्दिकले टोली छाडेपछि आगामी सिजनका लागि मुम्बईले नयाँ कप्तान चयन गर्नुपर्ने भएको छ। हार्दिकले आफ्नो आईपीएल करिअरमा मुम्बईबाट चार र गुजरात टाइटन्सबाट एक गरी पाँच उपाधि जितेका छन्।

यता, अर्शदीपले पञ्जाबबाट आठ सिजनमा ९६ खेल खेल्दै १११ विकेट लिएका छन्। उनको आगमनले जसप्रित बुमराहसँगै मुम्बईको बलिङ आक्रमण बलियो हुने अपेक्षा गरिएको छ।

यसैबीच, मुम्बईले प्रशिक्षक टोलीमा पनि परिवर्तन गरेको छ। किरन पोलार्डलाई मुख्य प्रशिक्षक तथा रोबिन उथप्पा, मिचेल म्याक्लेनघन र टी दिलीपलाई क्रमशः ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3