Menu

आजको मौसम

प्रहरी हवल्दारले आफैँलाई हाने गोली

Author
News Feed |
November 20, 2026
Featured

काठमाडौं,४मंसिर: काठमाडौंको टोखामा प्रहरीका एक जना हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन् । टोखा नगरपालिका–१ मा प्रहरी हवल्दार डोलनाथ ढकालले आफैँलाई गोली प्रहार गरेका हुन् ।

बिहीबार साँझ आफ्नै घरमा गोली प्रहार गरेका ढकालको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए ।

गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरूले उनलाई अस्पताल लगेका थिए । ढकाल उच्च अदालत पाटनका एक जना न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हुन् । न्यायाधीशको सुरक्षाका लागि बोकेको पेस्तोलले उनले आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट उनको टाउकोमा चोट लागेको थियो ।

घटनाको कारणबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3