Menu

आजको मौसम

श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

Author
News Feed |
November 17, 2026
Featured

सिन्धुली । कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुंगाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

मंगलबार राति करिब १ बजे घरायसी विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा लोहोरो प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहारबाट सानुकुमारीको मृत्यु भएको हो।

घटनाबारे राति १ः१५ बजे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले मनोजलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3